समाज

इलाममा थप १७ सशस्त्र प्रहरीमा कोरोना

इलाम, १७ साउन । इलाममा थप १७ जना सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरु सशस्त्र प्रहरी बल, हेडक्वार्टर नम्बर १ गणमा कार्यरत छन् ।

यसअघि संक्रमण देखिएका ११ जनाको सम्पर्कमा आएहरुको परीक्षण गर्दा उनीहरुमा पनि संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासले बताए । उनले भने ‘पछिल्लो समय ४० जनाको स्याम्पल पठाउँदा शनिबार १७ जनाको रिपोर्ट पोजेटिभ आयो ।’

योसँगै इलाममा संक्रमत सशस्त्र प्रहरीको संख्या २८ पुगेको छ । संक्रमित सबैलाई पूर्वाञ्चल विश्वविद्यालय आइसोलेशन गोठगाउमा पठाइएको छ भने बाँकी सशस्त्र प्रहरीको पुनः स्वाब संकलन गर्ने तयारी छ ।

Facebook Comments

लेखकको बारेमा

सन्तोष शर्मा

शर्मा झापा अनलाइनका सम्पादक हुन् । उनीसँग राष्ट्रिय समाचार समिति (रासस) सहित विभिन्न सञ्चार संस्थामा काम गरेको अनुभव छ ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box