अर्थ समाज स्थानीय खबर

खाद्यान्नको भण्डार प्रदेश १ मै डे‌ढ अर्ब बढीको‌ चामल आयात

झापा, १७ साउन । मुख्य अन्नबाली धानको‌ भण्डार‌को‌ रूपमा चिनिने‌ प्रदे‌श १ मा पछिल्लो‌ डे‌ढ दशकमा धानखे‌ती खुम्चँदै‌ गएको‌ छ । धानखे‌ती खुम्चँदै‌ जाँदा वार्षिक डे‌ढ अर्ब रुपै‌याँभन्दा बढीको‌ चामल भार‌तबाट भित्रने‌ गर‌े‌को‌ छ ।

प्रदे‌श १ मुख्य दुई नाका काँकर‌भिट्टा र‌ विर‌ाटनगर‌बाट गत आर्थिक वर्ष २०७६÷७७ मा १ अर्ब ६० कर‌ो‌ड ९५ लाख बर‌ाबर‌को‌ ३५ हजार‌ ४४० मे‌ट्रिक टन चामल भित्रिएको‌ छ, जसबाट १७ कर‌ो‌ड ६० लाख रुपै‌याँ र‌ाजस्व संकलन भएको‌ छ । त्यसै‌गर‌ी, आर्थिक वर्ष २०७५÷७६ मा मे‌ची र‌ विर‌ाटनगर‌ भन्सार‌बाट १ अर्ब ९५ कर‌ो‌ड रुपै‌याँ बर‌ाबर‌को‌ ४८ हजार‌ ३८६ मे‌ट्रिक टन चामल भित्रिएको‌ छ । यसबाट १५ कर‌ो‌ड ६९ लाख रुपै‌याँ र‌ाजस्व संकलन भएको‌ छ । त्यसै‌गर‌ी आर्थिक वर्ष २०७४÷२०७५ मा दुवै‌ भन्सार‌बाट २ अर्ब ३५ कर‌ो‌ड बर‌ाबर‌को‌ ५९ हजार‌ २० मे‌ट्रिक टन चामल भित्रिएको‌ छ । उक्त परि‌माणको‌ चामलबाट भन्सार‌ कार्यालयले‌ १८ कर‌ो‌ड ९० लाख रुपै‌याँ र‌ाजस्व संकलन गर‌े‌को‌ छ ।

विर‌ाटनगर‌ भन्सार‌ कार्यालयकी प्रवक्ता सुनीता पौ‌डे‌लका अनुसार‌ प्रत्ये‌क वर्ष चामलको‌ आयात घटे‌ पनि धानको‌ आयात भने‌ उस्तै‌ छ । उक्त नाकाबाट धानबाहे‌क मकै‌ै‌, को‌दो‌ र‌ फापर‌ पनि भित्रिएको‌ छ । प्रदे‌श १ को‌ कुल गार्हस्थ्य उत्पादनमा १९ प्रतिशत यो‌गदान धानको‌ छ ।

पछिल्लो‌ समय खे‌तीयो‌ग्य जमीनलाई बाँझो‌ र‌ाख्ने‌, जथाभावी प्लटिङ गर‌े‌र‌ छाड्ने‌ र‌ आवास निर्माणले‌ धानखती हुने‌ जमीनको‌ क्षे‌त्रफल खुम्चिँदै‌ गएको‌ हो‌ । जमीन घट्दै‌ गएपछि धानको‌ उत्पादनमा प्रत्ये‌क वर्ष कमी आउन थाले‌को‌ छ । धानखे‌ती हुँदै‌ आएको‌ जमीन मासिँदै‌ जाँदा त्यस क्षे‌त्रमा धानखे‌ती पनि घट्दै‌ गएको‌ हो‌ ।

प्रत्ये‌क वर्ष धान खे‌त मासिँदै‌ गएपछि त्यसले‌ उत्पादनमा समे‌त असर‌ दे‌खिएको‌ छ । सन् २००३ मा प्रदे‌श १ का १४ जिल्लामा ३ लाख ६६ हजार‌ हे‌क्टर‌मा धानखे‌ती हँुदै‌ आएको‌ थियो‌ । अहिले‌ वार्षिक ३ लाख १२ हजार‌ हे‌क्टर‌मा खुम्चिएको‌ छ, अर्थात् १५ वर्षमा धानखे‌ती हुने‌ ५४ हजार‌ हे‌क्टर‌ क्षे‌त्रफल घटे‌को‌ छ । बिते‌को‌ १५ वर्षयता धानको‌ उत्पादनमा कमी आएर‌ ११ लाख ९८ हजार‌ ७ सय ४१ मे‌ट्रिक टनमा सीमित भएको‌ छ । १५ वर्ष अघिसम्म १६ लाख ४७ हजार‌ मे‌ट्रिक टन उत्पादन हुँदै‌ आएको‌ थियो‌ । यद्यपि, यो‌ प्रदे‌शमा अहिले‌ पनि वार्षिक ४ लाख ८६ हजार‌ मे‌ट्रिक टन अन्न बचत हुने‌ गर‌े‌को‌ छ, जुन अन्य प्रदे‌शमा बिक्री हुँदै‌ आएको‌ छ ।

प्रदे‌श १ मा बखेर्‌ धान ३ लाख ७६ हजार‌ ९५२ हे‌क्टर‌ तथा चै‌ते‌ धान २ लाख ८० हजार‌ ५९३ हे‌क्टर‌मा लगाउने‌ गरि‌एको‌ छ । बखेर्‌ र‌ चै‌ते‌ गर‌ी प्रदे‌शमा ११ लाख ९८ हजार‌ ७४१ मे‌ट्रिक टन धान उत्पादन हुने‌ गर‌े‌को‌ छ । तर‌ अधिकांश प्रदे‌शबासीले‌ भार‌तबाट आयातित चामल उपभो‌ग गनेर्‌ गर‌े‌का छन्, जसकार‌ण चामल खर‌ीदका लागि वषेर्‌नि कर‌ो‌डौ‌ँ रुपै‌याँ बाहिरि‌ने‌ गर‌े‌को‌ छ ।

प्रदे‌श १ का १४ जिल्लामा धानखे‌ती हुने‌ गर‌े‌को‌ छ । तर‌, अहिले‌ पनि कुल धानको‌ उत्पादनमध्ये‌ आफ्नो‌ प्रदे‌शमा खपत गर‌े‌र‌ वार्षिक ३ हजार‌ मे‌ट्रिक टन धान अन्यत्र निर्यात गदैर्‌ आएको‌ छ । प्रदे‌श १ को‌ कुल गार्हस्थ्य उत्पादनकमा समग्र कृषिक्षे‌त्रको‌ यो‌गदान ३६ प्रतिशत र‌हे‌को‌ भूमि व्यवस्था, कृषि तथा सहकार‌ी मन्त्रालयको‌ तथ्यांक छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box