अर्थ समाज

बढ्यो पेट्रोलको मूल्य

झापा, १८ साउन । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य २–२ रुपैयाँले बढाएको छ। बढेको मूल्य शनिबार रातिदेखि लागु हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए।

कच्चा तेलको मूल्य, डलरको विनियम दर तथा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त गरिद मूल्यमा समेत वृद्धि भएकाले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको उनले बताए।पेट्रोलको मूल्य प्रतिलिटर १ सय ४ रुपैयाँ र डिजेल र मट्टीतेलको मूल्य ९० रुपैयाँ कायम गरिएको छ। हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ।

Facebook Comments

लेखकको बारेमा

सन्तोष शर्मा

शर्मा झापा अनलाइनका सम्पादक हुन् । उनीसँग राष्ट्रिय समाचार समिति (रासस) सहित विभिन्न सञ्चार संस्थामा काम गरेको अनुभव छ ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक