समाज स्थानीय खबर

जन समृद्धि बहुउद्देश्यीयको अध्यक्षमा देवेन्द्र केसी काफ्ले

बिर्तामोड, १९ साउन । झापाको बिर्तामोडस्थित जन समृद्धि बहुउद्देश्यीय सहकारी संस्थाको नयाँ कार्यसमिति चयन भएको छ ।

संस्थाको आज सम्पन्न सातौँ वार्षिक साधारणसभा देवेन्द्र केसी काफ्लेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा विपिन मैनाली, सचिवमा सन्तोष बस्नेत, सहसचिवमा मुना प्रसाद खतिवडा र कोषाध्यक्षमा फडिन्द्र भट्ट चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा डा. गीता शर्मा चापागाईं, नविन कडरिया, तिलक निरौला, गोविन्द निरौला, दिनेश शर्मा, मेनुका चैलागाई चयन भएका छन् । साधारणसभामा राधाश्याम तिवारी (राजेश) को संयोजक तथा रजत गुरागाईं र बालकृष्ण भट्टराई सदस्य रहेको लेखा समिति गठन गरिएको छ ।

संस्थाको चार सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । जसको संयोजकमा दीपक चापागाईं, सदस्यहरुमा दिनेश खत्री पौडेल, उमानाथ खतिवडा र लेखनाथ रिजाल रहेका छन् ।

त्यस्तै विपिन मैनालीको संयोजकत्वमा ऋण समिति गठन गरेको छ । जसको सदस्यमा लक्ष्मीप्रसाद नेपाल रहेका छन् ।

संस्थामा ७०३ जना सदस्य आबद्ध छन् । संस्थाले आव २०७६÷०७७ मा ६३ लाख ६९ हजार ८०२ रुपैयाँको कारोबार गरेको छ भने ४६ लाख ८७ हजार २४७ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

संस्थाका निवर्तमान अध्यक्ष एलएन रिजालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन व्यवस्थापक तोममणि बिमलीले गरेका थिए ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक