समाज स्थानीय खबर

झापा गाउँपालिकाको लसुना नाकाबाट तीन लाखको कपडा बरामद

बिर्तामोड, १८ साउन । झापाको दक्षिणी सिमावर्ती गाउँपालिका झापाबाट आइतबार तीन लाख रुपैयाँको कपडा प्रहरीले बरामद गरेको छ ।

भारतबाट झापा–१ लसुनाबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको आठ बोरा कपडा प्रहरी चौकी डाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो । बरामद कपडा आवश्यक कारबाहीका लागि भन्सारमा बुझाउने तयारी भइरहेको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक