समाज स्वास्थ्य

थप ४१८ जनालाई कोरोना संक्रमण पुष्टि

झापा, १९ साउन । सोमवार थप ४१८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७५०पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विभिन्न जिल्लामा उक्त संख्याका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमूना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

उनले नेपालमा कोरोना संक्रमण यसैगरी थपिए पुनः लकडाउन हुने सम्भावना रहेको बताए । उनका अनुसार हाल आईसोलेशनमा ५ हजार ७३२ जना रहेका छन् । त्यसैगरी क्वारेन्टाइनमा १० हजार ४५२ जना रहेका छन् ।कुल संक्रमित मध्ये हालसम्म ७२ दशमलव १ प्रतिशत निको भएर घर फर्किएका छन् ।

त्यस्तै कुल डिस्चार्ज हुनेको संख्या १४ हजार ९६१ पुगेको छ । यसैगरी विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ३५८ जना कोरोनामुक्त भएपछि डिस्चार्ज भएका छन् । प्रवक्ता गौतमले कुल पीसीआर परीक्षण संख्या ३ लाख ९८ हजार ९०७ पुगेको पनि बताए । देशभर ५ हजार ६३२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले बताएको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक