स्थानीय खबर स्वास्थ्य

अर्जुनधारामा पाँच र बिर्तामोडमा एक जनामा कोरोना

झापा, २० साउन । प्रदेश नम्बर १ मा सोमवार ५७ जनामा संक्रमण देखा परेको छ । प्रदेश नं १ मा सोमवार गरिएको ९५१ जनाको पीसीआर परीक्षणमध्ये १८ महिलासहित ५७ जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले बताए ।

संक्रमित देखिएकामध्ये मोरङमा ४६, झापामा ६ र सुनसरीमा ५ जना रहेका छन् । मोरङको विराटनगरका ६ महिलासहित २२, रङ्गेलीका ९ महिलासहित २२, कटहरीका २ महिला, झापाको अर्जुनधाराका ५, विर्तामोडका १ महिला, सुनसरीको इटहरीका ३, धरान र इनरुवामा १÷१ जना रहेका छन् ।

प्रदेशमा संक्रमितको संख्या एक हजार १२८ पुगेको छ । प्रदेशबाट सोमवार ८ जना संक्रमित निको भई घर फर्केका छन् । यसरी घर फर्कनेमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ महिलासहित ८ जना रहेका छन् । प्रदेशमा निको हुने संक्रमितको संख्या ८२९ पुगेको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक