समाज स्थानीय खबर

आज झापाका चार स्थानीय तहका आठ जनामा कोरोना पुष्टि

बिर्तामोड, २० साउन । झापामा आज थप आठ जना कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै भारतबाट फर्किएका हुन ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरबाट भएको पिसीआर परीक्षणमा उनीहरुमा संक्रमणको पुष्टि भएको हो ।

कचनकवल गाउँपालिकाका ३ जना, भद्रपुर नगरपालिका–८ का १ जना, गौरीगञ्ज गाउँपालिकाका २ जना र दमक नगरपालिकामा २ जनामा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

उनीहरुको मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचार हुने भएको छ । बिर्तामोड र अर्जुनधाराका पाँच जना संक्रमितको पनि मेची अस्पतालमा उपचार भइरहेको छ । यो सँगै झापामा संक्रमितको संख्या ३ सय ८३ पुगेको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक