समाज स्थानीय खबर

बिर्तामोड नगरपालिकाद्वारा कृषकलाई तालिमसहित ४५ वटा बाख्रा प्रदान

बिर्तामोड, २० साउन । झापाको बिर्तामोड नगरपालिकाले श्रीजङ्गा बाख्रापालन कृषक समूहलाई ४५ वटा बाख्रा वितरण गरेको छ ।

नगरपालिकाद्वारा नगर प्रमुख पकेट प्याकेज कार्यक्रम अन्तरगत ग्रामीण बाख्रा साटासाटमार्फत् वडा नं. ७ का कृषि समूहलाई बाख्रा वितरण गरेको हो । आर्थिक वर्ष २०७६/०७७ को कार्यक्रम अन्तरगत बाख्रा वितरण गरिएको हो ।

नगर उपप्रमुख पबित्रा महतारा प्रसाईको अध्यक्षता र नगरप्रमुख ध्रुवकुमार सिवाकोटी प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ठ अतिथि वडा नं. ७ का कार्यवाहक अध्यक्ष चन्द्रकला पकुवाल, शाखा प्रमुख साबित्रा कुमारी दाहाल, वडा सदस्य सूर्यबहादुर लावती लगायतकको उपस्थित रहेका थियो ।

कार्यक्रमको सञ्चालन पशुपन्छी तथा मत्स्य विकास शाखाका प्राविधिक विष्णुप्रसाद भट्टराईले गर्नु भएको थियो । वितरण गरिएको बाख्रा नमुना बाख्रा पालन कृषक समूह वडा न ८ र हरियाली बाख्रा पालन कृषक समूह वडा नं. ७ ले सम्झौता बमोजिम फिर्ता गरेका थिए ।

श्रीजङ्गा बाख्रा पालन कृषक समूहलाई नगरपालिका बिर्तामोड ले १५ वटा गोठ, बोयर जातको व्याडको बोका, ४५ वटा बाख्रा, तीन दिनको तालिमसमेत प्रदान गरेको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक