समाज स्थानीय खबर

मेचीनगरबाट चार लाख ७५ हजार बराबर १९ थान मोबाइल बरामद

Photo google

झापा, २० साउन । भन्सार छलेर नेपाल भित्र्याइएको मोबाइल सेट प्रहरीले बरामद गरेको छ । मेचीनगर–७ स्थित नेपाल(भारत सीमा क्षेत्रबाट प्रहरीले मोबाइल सेट बरामद गरेको हो ।

भन्सार छलेर ल्याएको चार लाख ७५ हजार मूल्य बराबरका १९ थान मोबाइल सेट बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । काँकडभिट्टा प्रहरीको समेत सहयोगमा बरामद गरिएका मोबाइल सेट आजै मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको झापा प्रहरीका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक