समाज स्थानीय खबर स्वास्थ्य

मेची अस्पतालमा पीसीआर ल्याब तयार

भद्रपुर, २० साउन । मेची अस्पताल भद्रपुरमा कोरोना भाइरस परीक्षणका लागि को पिसीआर ल्याब तयार भएको छ । पिसीआर ल्याब तयार भएसँगै अस्पतालका ल्याब टेक्निसियनले दुई दिनसम्म नमुना परीक्षण गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पीताम्बर ठाकुरले जानकारी दिनुुभयो ।

तालिम प्राप्त ल्याब टेक्निसियनले गरेको नमुना परीक्षण सफल भएको र ल्याबलाई चाहिने किट आउन बाँकी रहेकोले सेवा सुचारु गर्न केहि ढिलाई हुन गएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ठाकुरले बताउनुभयो ।

ल्याबलाई चाहिँने आरएनए एक्स्ट्र्याक्सन किट र पिसीआर किट स्वास्थ्य मन्त्रालयसँग माग गरिसकेको र विराटनगरसम्म दुवै किट आइपुगेको जानकारी प्राप्त भएकोले मंगलबार विहानसम्म किट आइपुग्ने उहाँले बताउनुभयो । किट आइपुगेपछि पुनः मंगलबार परीक्षण गरिने र कुनै समस्या नआएमा बुधबारदेखि पिसीआर परीक्षण सेवा सुचारु हुने उहाँको भनाई छ ।

स्विस सरकारले उपलब्ध गराएको अत्याधुनिक पिसीआर मेसिन एक नम्बर प्रदेश सरकारले मेची अस्पताललाई हस्तान्तरण गरेपछि पिसीआर ल्याव तयार गरिएको हो । झापासहित पूर्वका पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङले अहिले स्वाब सङ्कलन गरी पिसीआर परीक्षणका लागि कोसी अस्पताल विराटनगर र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउँदै आएको छ ।

अब मेची अस्पतालमै पिसीआर परीक्षण हुन लागेपछि चार जिल्लावासीलाई सहज हुने भएको छ । मेचीमा जडान गर्न लागिएको पिसीआर मेसिन अत्याधुनिक खालको भएको र यसले एक पटकमा ९० वटा स्वाबको परीक्षण गर्न सकिने बताइएको छ । यसका लागि तालिम प्राप्त तीन जना ल्याब टेक्निसियन खटाइनेछ । एक नम्बर प्रदेशको सबै भन्दा बढी कोरोना संक्रमित झापा जिल्लामा भेटिएका छन् । जिल्लामा अहिलेसम्म ३७५ जना कोरोना संक्रमित भेटिएका हुन् ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक