विचित्र विश्व समाज

लागुऔषध अपराधी बिरालो जेलबाट भाग्यो

तस्वीर गुगलबाट

लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा जेलमा रहेको एउटा बिरालोले जेलब्रेक गरेर भागेको छ । श्रीलंकाको एक मुख्य जेलमा थुनिएको उक्त बिरालो सोमबार भागेको हो ।

सो बिरालो लागुऔषध र मोबाइल फोनका सिमकार्ड तस्करीको प्रयास गर्दागर्दै पक्राउ परेको थियो । सुरक्षा अधिकारीहरुले श्रीलंकाको वेलिकाडा जेलमा गत शनिवार सो बिरालोलाई सिमकार्ड, लागु औषध र मेमोरी कार्डसहित पक्राउ गरेका थिए ।

उक्त बिरालोको घाँटीमा दुई ग्राम हेरोइन, दुईवटा सिमकार्ड तथा मेमोरी एउटा प्लास्टिकको झोलामा बेरिएको अवस्थामा फेला परेको थियो ।

अवैधानिक काममा संलग्न गराइएको सो बिरालोलाई प्रहरीले समाएर जेलकै एउटा कोठामा हिरासतमा राखेका थिए । तर सोमबार आफूलाई राखिएको कोठाबाट सो बिरालो भाग्न सफल भएको छ । –एजेन्सी

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक