अर्थ समाज

सुनको मूल्य एक लाखमा दुई सय कम

झापा, २० साउन । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य मंगलवार प्रतितोला रू ९९ हजार ८०० पुगेको छ ।

सोमवार सुनको मूल्य स्थिर रहेता पनि आइतवारको तुलनामा मंगलवार रू ३०० ले बढेर छापावाल सुनको मूल्य प्रतितोला रू ९९ हजार ८०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बतएको छ ।

यसैगरी महासंघले मंगलवारका लागि तेजाबी सुनको मूल्य भने रू ९९ हजार ३६५ तोकेको छ । चाँदीको भने मंगलवार प्रतितोला रू।१ हजार २३० मा कारोबार भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा बढेको सुनको मागका कारण नेपाली बजारमा पनि सुनको मूल्य निरन्तर बढीरहेको व्यवसायीहरुले बताएका छन् । अन्तरराष्ट्रियस्तरमा नै लगानीका लागि सुरक्षित क्षेत्रको रुपमा सुनलाई मानिएको कारण पनि सुनको मूल्य बढेको उनीहरुको भनाइ छ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक