स्थानीय खबर

झापामा फरार अभियुक्त जेल चलान

बिर्तामोड, २१ साउन । सवारी ज्यान मुद्दाका फरार अभियुक्तलाई झापा प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड १० का २८ वर्षीय युवराज राजवंशी पक्राउ परेका हुन् ।

सवारी ज्यान मुद्दामा झापा जिल्ला अदालतले उनलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । पुनरावेदन गरेका राजवंशीको मुद्दामा उच्च अदालतले जिल्ला अदालतकै मुद्दालाई सदर गरेको थियो ।

२०७४ बैशाख १२ मा भएको फैसलापछि राजवंशी फरार रहँदै आएका थिए । उनलाई बुधबार विर्तामोड–१० बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउपछि राजवंशीलाई जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले सजाय भुक्तान हुने गरी कारागार चलान गरेको झापा प्रहरीका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक