अर्थ समाज

तोलाको एक लाख नाघ्यो सुनको मूल्य

झापा, २१ साउन । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य रू १ लाख नाघेको छ । पछिल्लो समय लगातार सुनको मूल्य बढेकोमा बुधवार भने एकैदिन रू १ हजार ६०० ले बढेर नयाँ उचाई कायम भएको छ ।

नेपला सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य प्रतितोला रू १ लाख १ हजार ४०० मा कारोबार भइरहेको छ । त्यसैगरी तेजाबी सुन भने प्रतितोला रू १ लाख ९०० मा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा रू ६५ बढेर प्रतितोला रू १ हजार २९५ मा कारोबार भइरहेको छ ।अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ३० डलरमा पुगेको छ । यो मूल्य पनि अन्तरराष्ट्रिय बजारमा हालसम्मकै उच्च विन्दु हो ।

विशेषगरी कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा परेको असरका कारण सुनको मुल्य बढेको हो । कोरोना भाइरसका कारण विश्वअर्थतन्त्र प्रभावित हुँदा विश्व शेयर बजारमा पनि असर पुगेको छ ।

त्यसपछि लगानीकर्ताले लगानी सुरक्षित गर्न सुन किनेर होल्ड गर्ने गरेका छन्, फलस्वरुप सुनको मूल्य बढ्दै गएको छ । नेपालमा पनि विश्वबजार अनुसार नै सुनको मुल्य निर्धारण हुदाँ मूल्य बढ्न गएको व्यवसायीहरु बताउँछन् ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक