समाज

५८ ओटा देशबाट ४५ हजारभन्दा बढी नेपालीको उद्धार

झापा, २४ साउन । सरकारले विदेशमा अलपत्र परेका ४५ हजारभन्दा बढी नेपाली नागरिकको उद्धार गरेको छ ।

कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण उत्पन्न असहज परस्थितिमा विश्वका ५८ ओटा देशबाट हालसम्म ४५ हजार ६६२ जनाको उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्सबाट १२ हजार २५ र सबैभन्दा कम इरान, आर्मिनिया र चेक गणतन्त्रबाट दुई–दुईजना छन् ।

त्यसैगरी साउदी अरेबियाबाट ६ हजार ५८२, मलेशियाबाट ६ हजार ४६४, कुवेतबाट ६ हजार ३२० र कतारबाट ४ हजार ७१८ जनाको उद्धार भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार हालसम्म प्रदेश नं १ का ९ हजार ४१८, प्रदेश नं २ का ७ हजार ३५६, वाग्मती प्रदेशका १२ हजार ५७०, गण्डकी प्रदेशका ५ हजार ७८२, प्रदेश नं ५ का ७ हजार ४७९, कर्णाली प्रदेशका १ हजार २६ र सुदूरपश्चिम प्रदेशका १ हजार १६८ जनालाई उद्धार गरिएको छ ।

शुक्रवारमात्र ८६३ जनाको उद्धार गरिएको र संयुक्त अरब इमिरेट्सको दुबईबाट १५१ जनाको शव ल्याइएको उक्त केन्द्रले बताएको छ । रासस

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक