राजनीति समाज

महामारीको त्रासबाट बचाउन सचेतनाका कार्यक्रम आवश्यकः मुख्यमन्त्री राई

इलाम, २९ भदौ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले महामारी सिङ्गो मानव जातिको नै समस्या भएकाले सचेत रहनुभएको विकल्प नरहेको बताउनु भएको छ ।

बाल दिवसका अवसरमा मानव अधिकार मञ्चको आयोजनामा भिडियो कन्फ्रेन्समार्फत शुभकामना दिनुहुँदै मुख्यमन्त्री राईले भन्नुभयो, “विश्व नै भयावह छ, यसबाट बालबालिका बढी प्रभावित भएका छन्” ।

मुख्यमन्त्रीले विद्यालय बन्द भएका कारण बालबालिका पढाइबाट वञ्चित रहेको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय सङ्घीय सरकारसमेत बालबालिकाको क्षेत्रमा सचेतनात्मक कार्यक्रम ल्याएको बताउनुभयो ।

बालबालिकालाई महामारीको त्रासबाट बचाउन सचेतनाका कार्यक्रम ल्याउन मुख्यमन्त्री राईले अनुरोध गर्नुभयो । उहाँले कोरोना महामारीसँग लड्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

महामारीसँग जुध्न सबै नागरिकको भूमिका बराबर हुने उल्लेख गर्दै मुख्यमन्त्रीले महामारीलाई अवसरको रूपमा लिएर अघि बढ्न सबैलाई आग्रह गर्नुभयो । रासस

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक