समाज स्थानीय खबर

प्रविधिमैत्री बन्दै भ्वाइस अफ गनगाई कम्युनिटी

झापा, ३० भदौ । भ्वाइस अफ गनगाई कम्युनिटीले एकाउन्ट सफ्टवेयर लन्च गरेको छ । कम्युनिष्टीका हरेक गतिविधिलाई पारदर्शी बनाउन एकाउन्ट सफट्वेयर लन्च गरिएको संस्थाका कोषाध्यक्ष दिपेन्द्रकुमार गणेशले जानकारी दिनुभयो ।

गनगाई समुदायको कुनै लिखित दस्तावेज नभएकाले झापा कचनकवलका युवाहरुले गनगाई एप्लिकेशन, यूट्युब च्यानल, गनगाई वेभसाइट, एमएमएस सिस्टम र एकाउन्ट सफ्टवेयर लन्च गरेका हुन् ।

‘प्रविधिको युगमा प्रविधि मार्फत् नै आफ्नो समुदायलाई विश्वमाझ परिचित गराउन लागि परेका छौँ’, कोषाध्यक्ष गणेशले भन्नुभयो । आफ्नो जातीय पहिचान, धर्म–संस्कृति, परम्पराको संरक्षण गर्न झापा कचनकवल गाउँपालिका गनगाई (गणेश) समुदायले भ्वाइस अफ गनगाई कम्युनिटी कचनकवल समेत गठन गरेका छन् ।

विभिन्न सामाजिक गतिविधि, क्षमता विकासका लागि विभिन्न कार्यक्रम, रक्तदान लगायतका कार्य गर्ने उद्देश्यले कम्युनिष्टी गठन भएको संस्थाका कोषाध्यक्ष एवम् कचनकवल गाउँपालिकाका आइटी अफिसर दिपेन्द्रकुमार गणेशले जानकारी दिनुभयो ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक