समाज स्थानीय खबर

बिर्तामोड नगरपालिकाको अनुरोध !

आदरणीय सम्पूर्ण नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरु
अहिले हाम्रो जनजीवनमा कोरोना महामारीले नराम्रो असर पार्ने गरी समस्या बढिरहेको यहाँहरुलाई विदितै छ । यस विषम परिस्थितिमा पनि नगरपलिकाको जनशक्ति नगरबासीको स्वास्थ्य लगायत अन्य आवश्यकता पूरा गर्न अहोरात्र खटिइरहेको छ । कोभिड–१९ को प्रकोपको न्यूनिकरणका लागि नगरका स्वास्थ्यकर्मी दिनरात नभनी लागिरहेका छन् । जसका कारण बिर्तामोड अरु पािलकाको तुलनामा केही सुरक्षित र कम जोखिममा रहेको छ । नगरले कोरोना प्रभावितहरुका लागि क्वारेन्टाइन, आइसोलेसन र होम आइसोलेसनका प्रबन्ध गरेको छ ।

यतिबेला मुलुकका मुख्य सहरहरु र ग्रामीण बस्तीहरु पनि यसको प्रकोपबाट सुरक्षित छैनन् । यो प्रकोपबाट मुक्त रहन केवल सरकारी पहल र प्रयत्नबाट मात्र सम्भव छैन । स्थानीय तहहरुले त जनशक्तिको परिचालन गरेर समस्या बढ्न नदिने प्रयत्न गर्ने हो, त्यो गरिरहेकै छन् । तर, जनता जागरुक भएनन् भने केही पनि गर्न सम्भव छैन ।

हामी जो केही पनि यो संक्रमणको जोखिममा छौं भन्ने कुरा कसैले पनि भुल्नु हुँदैन । खासगरी बिर्तामोड एउटा व्यावसायिक क्षेत्र भएका कारण आफ्नो पसल, व्यवसाय र उद्योग सञ्चालन गर्दा स्वास्थ्य सचेतना अपनाएर गरेमा संक्रमण नबढ्ने र समुदायमा पुगेको रोगलाई नियन्त्रण गर्न सहज हुनेछ । अझ समुदायस्तरमा पुगेको संक्रमणलाई रोकथाम गर्न समुदाय नै बढी चनाखो हुन जरुरी हुन्छ ।

तसर्थ,
– अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कौँ ।
– माक्सको अनिवार्य प्रयोग गरौं, हात सफा राखौं ।
– टोल, समाज सफा राखौं, जथाभावी फोहर मैला नगरौं ।
– नजिकिरहेको चाडवाडमा अनावश्यक भिडभाड नगरौं ।
– आफ्नो परिवार बाहेक अरु धेरै अनावश्यक मानिसहरुको संगत नगरौं ।
– गाउँ, टोलमा देखापरेका बिरामीहरुप्रति नराम्रो व्यवहार नगरौं ।
– कहीँकतै संक्रमणको जोखिम देखिएमा तत्कालै स्वास्थ्यकर्मीलाई सूचना दिऔं ।
– आफु पनि बचौं र अरुलाई पनि बचाऔं ।

ध्रुबकुमार शिवाकोटी
नगरप्रमुख
बिर्तामोड नगरपालिका
बिर्तामोड (झापा)

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक