राजनीति समाज स्वास्थ्य

कांग्रेस महामन्त्री शशांक अस्पताल भर्ना

काठमाडौँ, ३१ भदौ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि केही दिनयता घरमै आइसोलेशनमा रहेका कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछि चावहितस्थित ओम अस्पताल भर्ना गरिएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

उनका अनुसार गएराति ज्वरो बढेपछि ओम अस्पताल लगिएको थियो । चिकित्सकहरुले उनमा निमोनिया भएको प्रारम्भिक अनुमान गरेका छन् भने भर्ना गरेर थप परीक्षण गर्न थालिएको छ । महामन्त्री कोइरालामा भदौ २३ गते कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । उनको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेका सिनियर कन्सल्ट्यान्ट डा विश्वनाथ कोइरालाको नेतृत्वमा डा सुवोध सागर ढकाल, डा प्रमेश सुन्दर श्रेष्ठलगायतको टीम संलग्न रहेको छ । हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक