समाज

कोरोनाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज एक युवाको मृत्यु

धरान, ३१ भदौ । कोरोनाभाइरसको संक्रमणबाट सप्तरीका एक पुरुषको बुधबार बिहान निधन भएको छ । जिल्लाको खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

गत भदौ २८ गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि उनलाई राजविराजस्थित गजेन्द्र नारायणसिंह अस्पतालले प्रतिष्ठानमा रिफर गरेको थियो । उनलाई मंगलबार अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानका प्रवक्ता डा.दिनेश सापकोटाले जानकारी दिए ।

मृगौलाको समस्या भएर विगत १ वर्षदेखि हप्ताको २ पटक डाइलाइसीस गर्ने गरेका उनलाई उच्च रक्तचापको पनि समस्या रहेको डा सापकोटाले बताए ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक