फिचर समाज स्थानीय खबर

झापामा आज २३ जनामा कोरोना संक्रमण पुष्टि

बिर्तामोड, ३१ भदौ । झापामा आज २३ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाका छ स्थानीय तहका ७ महिला र १६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

बाह्रदशीको ५ नम्बर वडामा २ महिला र ३ पुरुष गरी ५ स्थानीयमा कोरोना पुष्टि भएको छ । दमकको १, ४, ५, ८, ९ र १० नम्बर वडाका १ महिला र ७ पुरुष गरी ८ जना स्थानीयमा कोरोना देखिएको छ ।

भद्रपुरको ६, ७ र ८ नम्बर वडाका १ महिला र ३ पुरुष गरी चार जनामा कोरोना देखिएको छ । उनीहरुमध्ये ३ जना भारतबाट आएका र १ जना स्थानीय (सुरक्षाकर्मी) हुन् ।

गौरादह–५ मा स्थानीय १ महिला, मेचीनगर–१ मा भारतबाट आएका १ पुरुष कोरोना संक्रमण पुष्टि भएको छ भने शिवसताक्षी–३, ६ र ११ नम्बर वडाका २ महिला र २ पुरुषमा कोरोना देखिएको छ । शिवसताक्षीका संक्रमितमध्ये दुई जना स्वास्थ्यकर्मी हुन् भने १ जना भारतबाट आएका र १ जना कनकाई–३ ठेगाना भएका व्यक्ति हुन् ।

आजको २३ संक्रमितसँगै झापामा कोरोना संक्रमितको कूल संख्या ७७० पुगेको छ । झापामा हालसम्म ३ जना संक्रमितको मृत्यु भइसकेको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक