समाज स्थानीय खबर

झापामा ब्राउनसुगरसहित दुई जना पक्राउ

बिर्तामोड, ३१ भदौ । झापाको मेचीनगर नगरपालिका–१३ बाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले मंगलबार राति दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध ब्राउनसुगरको ओसार पसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले १२ ग्राम ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१५ का २९ वर्षीय श्रीमत सोरेन र बिर्तामोड नगरपालिका–५ का २७ वर्षीय पवन कुमार बसाकलाई रहेका छन् । मे १ प ९९७२ नम्बरको मोटरसाइकल र मे ९ प ४९६१ नम्बरको स्कुटरमा सवार रहेका दुवै जनालाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त परिणामको लागुऔषध बरामद भएको उहाँले बताउनुभयो । लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक