राजनीति समाज स्थानीय खबर

ढिलासुस्तीमाथि ह्याम्बर हान्नुपर्छः मन्त्री कार्की

बिर्तामोड, ३१ भदौ । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले हरेक क्षेत्रमा देखिएको ढिलासुस्ती र अनियमिततामाथि ‘ह्याम्बर’ हान्नुपर्ने बताउनुभएको छ ।

झापाको कनकाई नगरपालिका–४ स्थित कोटीहोममा एकका लागि एक अभियान अन्तरगत स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशाला (पीसीआर ल्याब) उद्घाटन कार्यक्रममा आज मन्त्री कार्कीले हरेक क्षेत्रमा देखिएको ढिलासुस्तीमाथि कानून समाएर ‘ह्याम्बर’ हान्नुपर्ने बताउनुभयो ।

“कोरोनाको महामारीका बेला जनताले अत्यावश्यक औषधि सेवन गर्न पाएका छैनन्, सप्लायर्ससँग कुरा गर्दा लकडाउनको बहाना बनाउँछन्”, उहाँले भन्नुभयो, “यस्तो विकृतिमाथि कानून समाएर ह्याम्बर हान्नुपर्छ, कारबाही गर्नुपर्छ ।” झापामा आफूले अनुगमन गरेर कारबाही गर्न निर्देशन दिएको उहाँले स्मरण गर्नुभयो ।

खेतीको मुख्य सिजनमा किसानले मल नपाएको बताउँदै उहाँले ठेक्केदार सप्लायर्सलाई कानून अनुसार कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “यस्तालाई कानून समाएर ह्याम्बर हान्नैपर्छ ।”

सरकारी काम र निर्णय प्रक्रियामा सुधार गरेर जनताले सहज सेवा पाउने वातावरण बनाउनुपर्ने उहाँले बताउनुभयो । नत्र जनताले राहत र परिवर्तनको अनुभूति पाउन नसक्ने उहाँले उल्लेख गर्नुभयो ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक