समाज

सुनसरीमा चट्याङले लागेर बालिकाको मृत्यु, उदयपुरमा बगाएर एक जनाको मृत्यु

झापा, ३१ भदौ । दुई भिन्न घटनामा सुनसरी र उदयपुरमा एक–एक जनाको मृत्यु भएको छ ।

सुनसरीको देवानगंज गाउँपालिका–६ की १३ बर्षीया सुष्मा पासवानको चट्याङले लागेर मृत्यु भएको छ । मंगलवार बिहान साँढे ९ बजे आफ्नै खेतमा माछा मार्दे गरेको अवस्थामा बर्षा संगै आएको चट्याङले लागेर घाईते भएकी बालिकालाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले सुनसरीले जनाएको छ ।

उता, उदयपुरको रौतामाई गाउँपालिका–७ की ६० बर्षीया तिलमाया पुलामी मगरको खोलाले बगाएर मृत्यु भएको छ ।

बुधवार राती ७ बजेको समयमा मुर्कुची बजारबाट घर फर्कदै गरेको अवस्थामा बाटोमा रहेको छौडिया खोला तर्ने क्रममा अचानक खोलाले बगाउँदा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक