समाज

डुबेर एक बालिकासहित दुई जनाको मृत्यु

बिराटनगर, १ असोज । सुनसरी र उदयपुरमा पानीमा डुबेर तथा खोलाले बगाएर एक बालिकासहित दुई जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो घर नजिकै जमेको पानीमा साथीहरुसँगै पौडी खेल्न गएकी सुनसरीको दुहवी नगरपालिका–८ की १० वर्षीया नन्दनी ऋषिदेव पौडी खेल्ने क्रममा डुबेर बेहोस अवस्थामा साथीहरुले देखि तत्काल उद्धार गरी उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

त्यसैगरी, उदयपुरको चौदण्डीगढी नगरपालिका–३ का ५५ वर्षीय पदम मगरको धपड खोलाले बगाएर मृत्यु भएको छ । बुधबार साँझ पौने ७ बजेको समयमा घरबाट बिरेन्द्रबजार तर्फ जाँदै गर्दा बीच बाटोमा रहेको धपड खोला तर्ने क्रममा अचानक खोलाको बाढीले बगाएर बेपत्ता भएका मगरलाई खोजतलास गर्ने क्रममा आज बिहान साँढे ९ बजे बगाएको स्थान भन्दा केही तल मृत अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक