राजनीति समाज स्थानीय खबर

कृषि मन्त्री घनश्याम भुषाल भोलि झापा आउँदै, यस्ता छन् तीन दिने कार्यक्रम

बिर्तामोड, ४ असोज । कृषि मन्त्री घनश्याम भुषाल झापा आउनु हुने भएको छ । झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुन मन्त्री भुषाल झापा आउन लाग्नु भएको नेकपा जिल्ला कमिटी सदस्य एवम् प्रचार विभाग उपप्रमुख सन्तोष आचार्यले जानकारी दिनुभयो ।

मन्त्री भुषालले भोलि ५ गते सोमबार जिल्ला सहकारी संघ झापा र प्रदेश नं. १ को कृषि मन्त्रालयको आयोजनामा हुने धानको समर्थन मूल्य कायम गर्ने र अन्य कृषि सम्बन्धी विषयमा छलफलमा सहभागी हुने कार्यक्रम रहेको छ ।

‘६ गते (मंगलबार) इलाममा चिया तथा कफी विकास बोर्डले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ’, उपप्रमुख आचार्यले भन्नुभयो, ‘चिया र कफीको लोगो सार्वजनिक गर्ने र अन्य कार्यक्रम छ ।’

इलामको कार्यक्रम पछि मंगलबार नै ३ बजे नेकपा झापाको पार्टी कार्यालयमा पार्टी कार्यकर्ता भेटघाटको कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

त्यस्तै, बुधबार बिहान झापाको शिवसताक्षीमा रहेको चन्द्रडाँगीमा रहेको कृषि फर्मको अनुगमन र महारानीझोडामा महिला उद्यमीहरुले गरेको सामुहिक खेतीको अवलोकन तथा अनुगमन गर्ने कार्यक्रम रहेको प्रचार विभाग उपप्रमुख आचार्यले बताउनुभयो ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक