समाज

मुख्य मन्त्री शेरधन राईविरुद्धको मुद्दा फिर्ता लिएकी बालिका पेरिसडाँडाबाट पक्राउ

काठमाडौँ, ४ असोज । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठक बसिरहेको बेला दोलखा घर भएकी बालिका खड्का कोटेश्वरस्थित पेरिसडाँडाबाट पक्राउ परेकी छन् ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई श्रीमान रहेको भनी नाता सम्बन्ध कायम गरेर अंश माग गरी मुद्दा दायर गरेकी खड्का पक्राउ परेको प्रहरीले जनाएको छ । केही दिनअघि प्रमाण पु‍र्याउन नसकेको भनी खड्काले काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता समेत लिएकी छिन् । लामो समयदेखि राईले आफूमाथि दुर्व्यहार गरेको अरोप लगाउँदै आएकी थिइन् ।

बालिका खड्काले पेरिसडाँडामा सुरु भएको सचिवलाय बैठकमा ‘ठूला नेतालाई झापड हान्न आएकी हुँ’ भन्दै पुगेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकी खड्कालाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखिएको छ । राईले २०७३ सालमा मन्त्री हुँदा र त्यसअघि पनि शारीरिक शोषणा गरेको खड्काले आरोप लगाउँदै आएकी थिइन् ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक