समाज स्थानीय खबर

पत्रकार तिम्सिना विवेचनाको सहसम्पादकमा नियुक्त

बिर्तामोड, १२ असोज । विवेचना दैनिकको सह–सम्पादकमा पत्रकार तीर्थ तिम्सिना नियुक्त भएका छन् । प्रकाशन समूहको बैठकले उनलाई सह–सम्पादकमा नियुक्त गरेको हो ।

युवा पुस्ताका मेहनती पत्रकार तिम्सिना चार वर्षदेखि विवेचनामा आवद्ध छन् । बुद्धशान्ति गाउँपालिका–३ घर भएका तिम्सिना बुद्धशान्ति मिडिया हाउस प्रालिद्वारा प्रकाशित पूर्वेली साप्ताहिकमा पनि आवद्ध छन् ।

सह–सम्पादकमा नियुक्त भएका तिम्सिनाले विवेचना र यसको डिजिटल संस्करणमा नयाँ ढंगले काम गर्दै प्रकाशनलाई थप उचाईमा पुर्याउन महत्वपूर्ण योगदान गर्ने बताए ।

विवेचनाका सम्पादक सुब्रत न्यौपानेले पत्रकार तिम्सिनाको नयाँ जिम्मेवारीले प्रकाशनको गरिमा अझै बढ्ने उल्लेख गरे ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक