समाज स्थानीय खबर

बिर्तामोडमा राष्ट्रिय परिचय पत्रका लागि फोटो खिच्न शुरु

बिर्तामोड, १२ असोज ।  राष्ट्रिय परिचय पत्र बनाउन बिर्तामोड नगरपालिकाले नगरबासीलाई अपिल गरेको छ । सरकारी निर्णय अनुसार राष्ट्रिय परिचय पत्रका लागि बिर्तामोडमा पनि फोटो खिचाउने अभियान सुरु भएको हो ।

नगर प्रमुख ध्रुवकुमार सिवाकोटीले आजदेखि राष्ट्रिय परिचय पत्रका लागि बिर्तामोडमा फोटो खिचाउने अभियान सुरु भएको बताए । ‘नगरका सबै वडामा फोटो खिचाउन सकिने छ’, नगर प्रमुख सिवाकोटीले भने ।

झापामा राष्ट्रिय परिचय पत्र वितरण सुरु भइरहँदा पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयमा मात्रै फोटो खिचाउन सकिने व्यवस्था थियो । त्यसलाई विस्तार गर्दै स्थानीय तहबाट वडासम्म लगिएको हो ।

कोरोना संक्रमणका कारण झापाका स्थानीय तहले फोटो खियाउने अभियान सुरु गर्न सकिरहेका थिएनन् । सरकारले सार्वजनिक यातायात र बजार खुला गरेपछि स्थानीय तहले परिचय पत्रका लागि फोटो खिचाउने अभियान सुरु गरेका हुन् ।

नागरिकका सबै विवरण एउटै परिचय पत्रमा समावेश गर्ने उद्देश्य राखेर सरकारले राष्ट्रिय परिचय पत्र बनाउन सुरु गरेको हो । विवेचनाबाट

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक