विचित्र विश्व समाज

पौने ३ अर्बको ट्वाइलेट चन्द्रमामा पुर्याउने तयारी

अमेरिकाले २ करोड ३० लाख डलर खर्चिएर एउटा विशेष ट्वाइलेट तयार पारेको छ । महिलाले दिसा पिसाब गर्नका लागि निकै उपयुक्त हुने उक्त ट्वाइलेट कुनै चानचुने ट्वाइलेट होइन । आगमी बिहीबार उक्त ट्वाइलेटलाई अन्तरीक्षमा पठाइँदैछ ।

झण्डै पौने ३ अर्ब रुपैयाँ लागतको उक्त ट्वाइलेट टाइटानियमबाट बनेको हो । बिहीबार भर्जिनियास्थित वालोप्स टापुबाट प्रक्षेपण गरिने अन्तरीक्षयानमार्फत् सो ट्वाइलेट अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रमा पुग्नेछ ।

४५ किलोग्राम तौल तथा ७१ सेन्टिमिटर अग्लो सो ट्वाइलेटलाई अन्तरीक्ष केन्द्रबाट पछि चन्द्रमामा लगिनेछ । नासाले चन्द्रमामा पठाउने ओरियन क्याप्सुलभित्र सो ट्वाइलेट ठिक्क अटाउनेछ । केही वर्षभित्रमै ओरियन क्याप्सुल नामक यानबाट चन्द्रमामा अन्तरीक्षयान पठाउने नासाको योजना छ ।

अहिले अन्तरीक्ष केन्द्रमा रहेका अन्तरीक्षयात्रीहरुले दिसा पिसाब गर्नका लागि दुईवटा रुसी ट्वाइलेट छन् भने एउटा अमेरिकी ट्वाइलेट रहेको छ । अमेरिकाले बनाएको ट्वाइलेटलाई अन्तरीक्ष केन्द्रमा केही महिनाका लागि अन्तरीक्ष यात्रीहरुले परीक्षण गर्नेछन् र यदि त्यसले राम्रोसँग काम गरेमा मात्र चन्द्रमामा पठाउने निर्णय गरिनेछ ।

अमेरिकी कम्पनी स्पेस एक्सले अन्तरीक्ष केन्द्रमा मानिसहरु पठाउने तयारी गरिरहेको र बोइङ कम्पनीले समेत आगामी एक वर्षभित्रमा अन्तरीक्षमा मानिस पठाउने योजना बनाइरहेको हुँदा अन्तरीक्ष केन्द्रमा बढीभन्दा बढी ट्वाइलेट चाहिने अवस्था आउँदैछ ।

अन्तरीक्ष केन्द्रमा हाल रहेको पुरानो अमेरिकी ट्वाइलेट पुरुषमैत्री ट्वाइलेट रहेकोमा नयाँ ट्वाइलेट भने महिलामैत्री रहेको छ । नयाँ ट्वाइलेटलाई पनि त्यहाँ रहेको पुरानो अमेरिकी ट्वाइलेटको छेउँमा राखिनेछ । – हफिङटन पोष्टबाट

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक