अर्थ समाज स्थानीय खबर

राजगढमा खुल्यो ‘एभरेष्ट सस्तो बजार’

बिर्तामोड, २६ असोज । दक्षिणी झापाको राजगढमा एक करोड ५० लाख रुपैयाँ लगानीमा ‘सपिङ मल’ सञ्चालनमा ल्याएका छन् ।

कोरोना भाइसर कोभिड १९ को कारण देखाउँदै बजारमा महंगी चुलिएका बेला जिल्लाकै सस्तो बजार दाबी गर्दै उनले एभरेष्ट सस्तो बजार सञ्चालनमा ल्याएका हुन् । लामो समय बैदेसिक रोजगारीमा रहेर स्वदेश फर्किएका बाह्रदशी गाउँपालिका–२ का चान महमदले राजगढ बजारमा सस्तो बजार सञ्चालनमा ल्याएका हुन् ।

सस्तो बजारको बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले उद्घाटन गरेका छन् । सपिङ मलको उद्घाटन गर्दै अध्यक्ष राजवंशीले स्मार्ट सिटीका रुपमा विकास भइरहेको राजगढलाई सस्तो वजारले थप टेवा पु¥याउने धारणा राख्नुभयो ।

विदेशी अनुभव संगालेर फर्किएकाले स्वादेशमा राम्रो सामग्री सुपथ मूल्यमा प्रदान गर्न कुनै कन्ज्युसाई नगर्ने मल सञ्चालक महमदको भनाइ छ । सबै प्रकारका उच्च स्तरीय सामग्री एउटै छानामुनी सुपथ मूल्यमा पाइने र सस्तो वजारमा खरिद गरेको सामग्री अन्य ठाउँमा खरिद गरेको भन्दा कम मूल्यमा प्रदान गरिने सञ्चालक महमदको दाबी छ ।

जिल्लाकै सस्तो बजारका रुपमा आफ्नै ठाउँमा सपिङ मल सञ्चालनमा आएपछि स्थानीवासी समेत हर्षित बनेका छन् । वजार सञ्चालनमा आएपनि राजगढ लगायत दक्षिण क्षेत्रका सर्वसाधारण किनमेलका लागि बिर्तामोड लगायतका अन्य वजार जानु नपर्ने पशुपति माध्यमिक विद्यालयका शिक्षक मोहनप्रसाद ओलीले बताए ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक