समाज स्थानीय खबर

दशैंको मुखमा बिर्तामोडको नगरपालिकाको नौ निर्णय

बिर्तामोड, ३० असोज । झापाको बिर्तामोड नगरपालिकाको अत्यावश्यक सेवा बाहेक सबै सेवा कात्तिक ६ गतेसम्मका लागि बन्द गरेको छ । नगरपालिकाको आज बसेको बैठकले २ गतेदेखि ६ गतेसम्मका लागि सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणलाई मध्यनजर गर्दै विभिन्न ९ निर्णयहरु गरेको छ ।

यस्तो छ आज बिर्तामाड नगर पालिकालले गरेको नौ निर्णय–
मिति : २०७७/०६/३०

बिर्तामोड नगरपालिकाभित्र गरिने कोभिड १९ रोकथाम नियन्त्रण तथा उपचार समेतलाई मध्यनजर गर्दै बिर्तामोड नगरपालिका नगर कार्यपालिकाको असोज ३० गते बसेको बैठकले गरेको निर्णय–

१) बिर्तामोड नगरपालिका र नगरपालिकाका सम्पूर्ण बडा कार्यालयहरुबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा २०७७ साल कात्तिक २ गतेदेखि कात्तिक ६ गतेसम्म बन्द गरिएको छ ।

२) बैंक, वित्तिय संस्था तथा सहकारी संस्थाहरुले प्रदान गर्ने नगद लिने तथा दिने सेवा बाहेकका अन्य सेवा बन्द गर्ने । बैंक, वित्तिय संस्था तथा सहकारी संस्थाहरुले प्रदान गर्ने सेवालाई सुरक्षित र व्यवस्थित गरी स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी प्रदान गर्ने व्यवस्था गर्ने ।

४) अत्यावश्यक सेवा बाहेक बिद्युत महसुल, खानेपानी महसुल, टेलिफोन महसुल लगायतका सेवा समेत बन्द गर्ने ।

५) दशैं लगायतका चाडपर्व मनाउने क्रममा भिडभाड हुन सक्ने भएकोले भिडभाड नहुने गरी आ–आप्mनो परिवार भित्रमा नै मनाउन र चाडपर्वमा भेला, महोत्सव, जात्रा, हाटबजार, सांस्कृतिक कार्यक्रमजस्ता भिडभाड हुने कार्य नगर्ने नगराउने ।

६) विजयादशमीको अवसरमा नगरपालिका क्षेत्र भित्र रहेका मठ मन्दिर, पिठमा हुने धार्मिक तथा सांस्कृतिक पूजा, मेला, जात्रामा हुने आम भेला र सहभागितालाई कम गर्ने, गर्नैपर्ने पूजा विधि न्यून भक्तनजको उपस्थितिमा मात्र गर्न तथा सबैप्रकारका मेला, जात्रा तथा पर्वका कार्यक्रमहरु नगर्ने ।

७) विजयादशमीको अवसरमा टीका लगाउने, आर्शिवाद लिने धार्मिक एवम् सांस्कृतिक प्रचलनलाई एकाघर भित्र सिमित राख्ने । टीका ग्रहण गर्दा जेष्ठ नागरिक, विरामी र बालबालिकाहरुलाई अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड कायम गर्न सम्बन्धित परिवारलाई विशेष ध्यान पु¥याउन आग्रह गर्ने ।

८) नगरवासीलाई बजारमा हुन सक्ने भिडभाडलाई व्यवस्थित गर्दे सबै व्यवसायी÷व्यापारी तथा नागरिकले नेपाल सरकारद्वारा तोकिएको यातायात तथा स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्न अनुरोध गर्ने ।

९) नगरपालिका क्षेत्रभित्र हुने सबै प्रकारका तालिम गोष्ठी, सम्मेलन आदि कार्यहरु हाललाई स्थगन गर्नुका साथै राजनीतिक दल, संघ संस्थाहरुले गर्ने बैठक भेला र शुभकामना आदानप्रदान जस्ता कार्यक्रम नगर्न अनुरोध गर्ने ।

ध्रुवकुमार शिवाकोटी
नगरप्रमुख

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक