समाज स्थानीय खबर

क्वारेन्टाइन बन्दै गर्दै अर्जुनधारा नगरपालिका

अर्जुनधारा, ६ कात्तिक । झापाको अर्जुनधारा नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइन बन्द गर्ने निर्णय गरेको छ । कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी)को आज बसेको बैठकले क्वारेन्टाइन बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण जोखिम बढ्न नदिन सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेपछि अर्जुनधारा नगरपालिकाले भोलिपल्टदेखि नै क्वारेन्टाइन स्थापना गरेको थियो । अर्जुनधारा नगरपालिकाले १२ बेडको क्वारेन्टाइनबाट सुरु गरेर ११० जनासम्म अटाउने क्षमताको क्वारेन्टाइन सञ्चालन गरेको थियो ।

क्वारेन्टाइन बन्द गरिए पनि नगरले स्थापना गरेको आइशोलेसन भने यथावत रहने अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले बताए । उनका अनुसार नगरले अर्जुनधारा ४ नम्बर वडामा २५ बेडको आइशोलेसन तयारी अवस्थामा राखेको छ ।

पछिल्लो समयमा कोरोना भाइरस संक्रमितको संख्या नगरमा बढ्दै गएपछि हालको क्वारेन्टाइनलाई आवश्यक परेको खण्डमा आइशोलेसनको रुपमा प्रयोग गर्ने निर्णय भएको छ ।

त्यस्तै, यसअघि सीसीएमसीले गरेको अत्यावश्यक सेवाबाहेकका नगरपालिकाले प्रदान गर्ने सेवा पूर्णिमासम्म नै बन्द रहने पनि निर्णय गरेको छ । यसैगरी, नगरमा संक्रमण फैलिन नदिनका लागि सचेतना जगाउने किसिमको सन्देश नगरका विभिन्न वडाका चोक चोकमा प्रवाह गर्ने भएको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक