समाज स्वास्थ्य

बिपी प्रतिष्ठानमा थप एक संक्रमितको मृत्यु

सुनसरी, ६ कात्तिक । यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इनरुवाका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । इनरुवा–१ का ८३ वर्षीय पुरुषको आज बिहान २ बजेर १० मिनेटमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार उच्च रक्तचाप, मधुमेहलगायत अन्य दीर्घ रोग भएका उनलाई यही कात्तिक ३ गते सङ्क्रमण पुष्टि भई प्रतिष्ठान भर्ना गरिएको थियो । यससँगै प्रतिष्ठानमा सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ६९ पुगेको छ । रासस

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक