राजनीति समाज स्थानीय खबर

ओली नयाँ ज्ञानेन्द्र बने : कोइराला

सुरुङ्गा, १२ माघ । नेकपाका केन्द्रीय सदस्य रविन कोइरालाले केपीशर्मा ओली नयाँ ज्ञानेन्द्र बनेको आरोप लगाउनुभएको छ ।

आज सुरुङ्गाको कनकाई बहुमुखी क्याम्पसको विद्यार्थीको इकाई कमिटीको भेलामा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुहुदै नेता कोइरालाले ओलीले बषौ लगाएर जनताले बनाएको संविधान च्यातेको भन्दै देशभरका सबै सचेत नागरिकहरु आन्दोलनमा जानु परेको बताउनुभयो ।

जनताले ओलीलाई तानाशाह बनाउनका लागि मत दिएका थिएनन तर उहाँले मलाई जनताले नयाँ ज्ञानेन्द्र बनाउन मत दिएकोझै गर्नुभयो । जनताको संविधान च्यातेर नयाँ ज्ञानेन्द्र बन्ने कोषिस गरिरहनुभएको छ । ओलीले अझैपनि अदालत, निर्वाचन आयोग लगायातमा सेटिङ्ग गर्न सकिन्छकि भनेर दौडधुप गरिरहेको भन्दै यसका लागि सचेतनाको आन्दोलन जरुरी भएको बताउनुभयो ।

कार्यक्रममा नेकपा जिल्ला सचिव मणिकुमार साम्पाङ्ग बिजय , नेकपा युवा नेता अशेष घिमिरे लगायातले सम्बोधन गर्नुभयो । भेलाले अनुप भण्डारीको अध्यक्षतामा ५१ सदस्यीय क्याम्पस इकाई कमिटीको समेत गठन गरेको विद्यार्थीका जिल्ला संयोजक अनिल सुवेदीले बताउनुभयो ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक