मनोरञ्जन

पूजा र आकाशको ‘पुरानो घाउ’ सार्वजनिक

गायिका अन्जु पन्तको स्वरमा समावेश ‘पुरानो घाउ’ बोलको गीत सार्वजनिक भएको छ ।

चन्द्र प्रसाँइको शब्द रहेको गीतमा सन्तोष श्रेष्ठको संगीत छ । यो गीतको भिडियोमा प्रेम र विछोडको कथा भनिएको छ ।

देवेन्द्र पाण्डेको निर्देशनमा तयार भएको यो भिडियोमा नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठले अभिनय गरेका छन् । इनाक्षी इन्टरटेन्मेन्टले निर्माण गरेको भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक