विचार समाज

विभाजन होइन, नेकपाको एकता जरुरी

दीपक चापागाईं
केन्द्रीय सदस्य एवम् झापा इञ्चार्जमा
नेकपा एकता राष्ट्रिय अभियान

जनताको शक्तिलाई नजर अन्दाज नगरौं काम्रेडहरू । अहिलेको आवश्यकता भनेको विभाजन होइन, कम्युनिस्ट पाटीहरूको एकता नै हो । स्वच्छता, नैतिकता, इमानदारिता बिनाको राजनीति अत्यन्तै कमजोर हुनेछ । राजनीतिकर्मीले एकअर्कालाई गाली गरेर खुइल्याउने प्रवृत्तिको अन्त्य गरेर जनतालाई अफ्ना योजना नीति कार्यक्रमबाट प्रभावित परेर आफ्नो समूहमा उभ्याउन जरुरी छ ।

जसरी चुनावमा एक–एक भोटको महत्व हुन्छ, त्यसरी नै यस्ता हरेक आन्दोलनमा एक एक मान्छेको उपस्थितिको महत्व हुन्छ । समाज कसरी बनेको छ र देशमा कस्ता मानिसहरुको बसोबास छ त्यसैको आधारमा नै सडकमा उपस्थिति देखिने हो । सुकिला मुकिला, काला गोरा, गरीब धनी, महिला पुरुष आदि इत्यादि ।

अर्को कुरा, सबै पार्टी र समूहहरुले गर्ने विरोध र प्रदर्शनहरुमा जनाता ल्याइने र आउने तरिका एउटै हो अनि भेलामा देखिने विविधता पनि उही हो । हाम्रो समाजको प्रतिबिम्ब त्यही हो । त्यसैले एक समूहले अर्को समूहलाई भेडा, हनुमान र झोले लगायत देख्ने चस्मा उतारौं ।

परी आउँदा बाघ बन्ने तिनै भेडाहरु हुन्, आवश्यक परे पहाड फुटाउने तिनै हनुमानहरु हुन् अनि हिजोआज र भोलि संसारभर पुगेर विदेशी भूमिमा रगत र पसिना बेचेर रेमिट्यान्स भित्र्याउने अनि देशमै मिहेनत र परीश्रम गरी देशको ढुकुटी भर्ने तिनै झोलेहरु हुन्, आखिरी जो जसका समर्थक र विरोधी भए पनि यो सबै उपाधि पाउनेहरु तपाईं हामी नै हौं, त्यसैले आफैंले आफैंलाई तथानाम गाली नगरौं ।

अन्त्यमा, समयमै सोच पुर्याऐर सम्भावित दुर्घटनालाई अबिलम्ब टारियोस देशलाई विकास र समृद्धितर्फ डोर्याउन जरुरी छ । सुखी नेपाली, समृद्ध नेपाल बनाउन सबै नेपालीले ऐक्यवद्धता जनाउन जरुरी छ, सबैको जय होस् ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक