मेचीनगर, २३ फागुन । सरकारले मेचीनगर नगरपालिकालाई भौतिक पूर्वाधार र सुशासनका लागि लगभग एक अर्ब बजेट दिने भएको छ ।
नगरपालिकामा अहिलेका जनप्रतिनिधि निर्वाचित भएर आएपछि सरकारबाट आएको यो सबैभन्दा ठूलो विकास बजेट हो । नगरकी कार्यवाहक उपप्रमुख मीना उप्रेतीका अनुसार शुक्रवार सो सम्बन्धी सम्झौता पत्रमा मेचीनगरको तर्फबाट नगरप्रमुख विमल आचार्यले काठमाडौंमा हस्ताक्षर गरेका छन् ।
सहरी विकास तथा भवन निर्माण शाखामार्फत सञ्चालन हुने सो बजेट ऋण नभएको र पुरै अनुदान भएको उप्रेतीले जनाइन् ।
सो बजेट नेपाल सरकारलाई विश्व बैंकले दिएको हो । सरकारले मेचीनगर नगरपालिकालाई दिएको उनले जानकारी दिइन् ।
Facebook Comments
कमेन्ट गर्नुस्