विचार समाज

लकडाउनमा आपतकालीन कार्य व्यवस्थापन

दिपक दास
विश्व भर फैलिएको कोरोना महामारी कोभिड १९ चिन को वुहान बाट सुरु भइ संसार भर फैलियो । चीनमा हजारौ को संख्या मा देखियेको कोरोना भाइरस को रोकथाम तथा न्यूनीकरण गर्न सुरु भयेको लकडाउन कायम भएका विश्व भरिका प्रमुख शहर विश्व मान चित्र नै लकडाउनमा फस्यो ।

विश्व भर लकडाउन पालना भएका शहरका दृश्य विश्व एउटा गाउँ भैसकेको परिपेक्षमा सबै लाई सहज उपलब्ध हुने सञ्चार , ईन्टरनेटले सबल तुल्यादियो । विश्व भर सुनसान , संन्नाटा ल्याउन सफल कोभिड १९ को महामारी अबको नयाँ विश्व इतिहासको वा यस शताब्दी कै प्रमुख चुनैती बन्न उन्मुख भयो ।
विभिन्न देशमा भएका लकडाउनले मानव जीवनमा परेको प्रत्यक्ष र अप्रत्यक्ष असरको लेखाजोखा राख्न समेत राख्न चुनैती बनेको वर्तमान अवस्थामा लकडाउनले पुर्याउने आर्थिक , समाजिक , राजनैतिक असरको कल्पना पनि विश्व मानचित्र मा बषै सम्म रहने दुइमत छैन । लकडाउन भए संगै छिमेकी देश भारत बाट हजारौं यात्री पैदल यात्रा बाट गन्तव्य स्थान पुगे , नेपालको राजधानीबाट सिराहा, सप्तरी सम्म पैदल आएका यात्री को कथा व्यथा हामीलाई थाहा छ । लकडाउन ले पुर्याएको असर संगै नेपालमा संक्रमीत मृत्युवणर गर्ने को संख्या ३५०० काटे ।
मानिस हरुमा विध्यमान मनोबैज्ञानिक त्रास ले डेरा जमाएको वर्तमान परिस्थितिमा उच्च मनोबल का साथ अगि बड्न समेत चुनैती हुँदै गएको थियो ।

अस्पताल , सार्वजनिक बिधालय , भवनहरु क्वारेन्टाइन बनेका थिए । हजारौ को संख्या मा भारत तथा तेस्रो मुलुक बाट आइ क्वारेन्टाइन मा बस्नु पर्ने अवस्था विध्यमान थियो ।

कोरोना सचेतना संगसंगै संक्रमीत लाई उपचार लैजाने र पिसिआर र आरडिटि टेस्टमा लैजानु पर्ने अवस्था थियो ।

लकडाउन ले वातावरण मा राम्रो प्रभाव परे संगै विभिन्न कारण वंश आत्महत्या गर्नेको संख्या वृद्धि भए संगै कोरोनाले आर्थिक ,सामाजिक र मनोबैज्ञानिक असरका परिणामहरु समाजमा देखिन थाले । क्वारेन्टाइन मा बसि निरोगी को प्रमाणपत्र लिर्इ आफ्नो बासस्थान पुग्दा समेत सामाजिक बहिस्कार को शिकार बेहोर्नु परेको थियो । लकडाउन संगै मानिसको दैनिकी जिवनमा व्यापक परिवर्तन भएका छ्न । लकडाउन सुरु भए सङै बीच बाटो मा फसेका , लकडाउन बीच मा सकिहाल्छ भनी काठमाडौं लगायत देशै भरी एक ठाउँ बाट अर्को ठाउँ संगसंगै भारत र तेस्रो मुलुक बाट स्वदेश फर्किने , फर्के संगै क्वारेन्टाइन मा बस्नेको संख्या पनि हजारौ पुगेको थियो । त्यसै बीच मानिस हरु सबै काम , व्यवसाय , आवत जावत लाई बन्दा बन्दी स्थितिमा रहदा दैनिकी जिबन कष्टकर बन्यो ,बिरामी अस्पतालमा मानिसहरुले धेरै किसिमको समस्या भोग्नु पर्यो । लकडाउन लाई पालना गर्न नियम, कानुन हरु बने , स्थानिय सरकार , प्रहरी प्रशासन ले नियम पालना गराउन अनेकौं तयारी र परिचालन को काम गरेको थियो । यसै सेरोफेरोलाई नियाली रहँदा म अभियान्ता र मानव अधिकार को क्षेत्रमा कार्यरत अधिकारकर्र्मी, सञ्चारकर्मी , स्वास्थकर्मी , अभियान्ता देशै भरी उल्लेखनीय काम गर्नु पर्याे ।
म स्वयं आपतकालीन प्रतिक्रिया केन्द्र अभियान को एक हिस्सा बनी कार्यरत थिए ।

मानव अधिकारको अभियान्ता भइ कृयाशिल रहदै गर्दा मानव अधिकार कर्मी को काम द्न्द , न्याय र पीडितको वकालत र स्वतन्त्रताको सवाल मा कार्य गरिरहदा को समय र अहिलेको विश्व महामारीको समयमा समेत नागरिक को विभिन्न अधिकारका लागि ,न्याय मुलक समाजको निर्माणमा लाग्दै गर्दा वर्तमान विषम परिस्थितिमा समेत अधिकारकर्मी , सञ्चारकर्मी र विभिन्न स्वमसेवि अभियान्ताले ज्यान जोखिममा राखी गरेको उद्दार , राहत , सुचना सन्प्रेषण, बिरामि को उपचार मा पहुच अभिबृद्दि , स्वमसेवा, रगत अभाव न्यूनीकरण,ै लकडाउनमा फसेकाको यात्रा सहजीकरण , क्वारेन्टाइन र होल्डिन पोइन्ट हरुको अवस्था , क्वारेन्टाइनमा विभिन्न संघसंस्थाले उपलब्ध गराएका सामान , यातायात आवतजावत ठप्प भयेको अबस्थामा गरियेको कोरोना विरुद्ध को सहकार्य जस्ता कुरा ले नयाँ परिवर्तन , कार्यशैली सङसगै बिगतका मुल्यमान्यता लाई परिवर्तन गर्न नया आयम थपेको छ । विश्व व्यापी रुपमा अभाव सृजना भयेको वर्तमान अवस्था मा सबै किसिम को अभियान्ता ले पुर्याएको सेवा , सहकार्य ले कोरोना महामारी विरुद्ध को एकजुट भइ लाग्न र समुदाय मा राज्यका निकाय मात्र होइन अन्य सहोदर साझेदारी गर्ने व्यक्ति , संघसंस्था , अभियान ले समेत उल्लेखनीय काम गरे संगै सरकारी पक्ष , गैरसरकारी पक्ष, निजि क्षेत्र लगायत मानव अधिकार को नयाँ पुस्ताले पुराना मूल्य मान्यता, मानबअधिकारको परिभाषा, संकट ब्यवस्थापनमा गरेको प्रयासलाई नयाँ पुस्ताले गरेको सकारात्मक परिवर्तनको रुपमा सबैले लिने छन् ।
(लेखकः झापा कनकाई, दुर्गापुर निवासी मानव अधिकारकर्मी हुन्)

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक