समाज स्वास्थ्य

नयाँ भेरिएन्ट आए अवस्था जटिल हुन सक्ने

झापा, १३ चैत । कोरोना संक्रमण दर केही वृद्घि भएपछि उच्च स्वास्थ्य सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन् ।

खोप लगाएका र नलगाएका सबैले मास्क, सामाजिक दुरी, हातको सरसफाइ, हावा ओहोरदोहोर हुने ठाउँमा बसेर जनस्वास्थ्यको उपाय कडाइसाथ पालना गर्न उनीहरूको सुझाव छ । ‘संक्रमितमा ३–४ महिनापछि एन्टिबडी घट्दै गएको पाइयो,’ स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।कृष्णप्रसाद पौडेलले भने, ‘असोज÷कात्तिकतिर संक्रमण उच्च देखिएको थियो, अहिले संक्रमणविरुद्घको एन्टिबडी घट्दै गएको देखिएको छ । भारतमा संक्रमण उत्कर्षमा देखिएको ३–४ सातापछि यहाँ पनि संक्रमण बढ्यो।’

उनका अनुसार सुदूरपश्चिमका गौरीफन्टा र गड्डाचौकी नाकाबाट नेपाल भित्रिएकामध्ये २४ जनामा एन्टिजेन पोजिटिभ देखिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार त्यहाँ बेलायतमा देखिएको भाइरसको ७३६ पोजिटिभ नमुना देखिएको छ ।

यस्तै, दक्षिण अफ्रिकी भाइरसको ३४ नमुना र एउटा नमुना ब्राजिलको पाइएको छ । भाइरसको चिन्ताजनक प्रकार र दोहोरो म्युटेसन भएको भेरिएन्ट पनि भारतमा भेटिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक