विचार समाज

पुरुष हिंसा

प्रज्वल भट्टराई
समानताको न्याय खोजिरहेको नेपाली समाजमा महिला र पुरुषका अधिकार अनि कर्तव्यलाई निकै साघुरो ढंगले बिभाजित गरिएको छ। दैनिक रुपमा महिला माथी भएका अन्याय र अत्याचारलाइ सामाजिक स्न्जाल, बुद्धिजीवीका विश्लेषण , मानव अधिकार र अन्य थुप्रै सम्बन्धित निकायले खुबै राम्ररी केलाइ रहेका हुन्छ्न। एउटै सिक्काका दुई भाग महिला र पुरुष भएतापनी समस्या र शोषण का सिकार भएका महिलाहरुकै समस्याले समाजमा उच्च स्थान पाइरहेको देखिन्छ । यद्यपि अद्धिकाम्स महिला पुरुषबाटै शोषित भएका हुन्छन।

वर्तमान नेपाली समाजमा घटिरहेका महिला हिंसा अत्यन्तै पिडादायिक छ्न। विभिन्न सामाजिक सन्स्था को वकालत , युवा वर्गको सडक सत्याग्रह , महिला हरुको आवाजले पनि सर्खारी निकायको ध्यानाकर्षण गर्न नसक्नु नेपाली समाजको लागि निकै दुखको कुरा हो। समाजमा घटेका महिला हिंसाका बारेमा बोल्ने सामाजीक संस्थाको तुलनामा पुरुष माथी भएका हिंसाको विरुद्धमा बोल्ने त्यस्ता निकायको संख्या निकै कमि रहेको छ। प्रत्यक्ष वा अप्रत्यक्ष ढंगमा समाजमा पुरुष पनि हिंसाका सिकार बन्न पुगेका छन।

पुरुष हिंसा कसरी ?
आर्थिक क्षेत्र कुनैपनि परिवालाइ चलायमान बनाउने एउटा दर्बिलो र अति आवश्यक पक्ष हो। युवा उमेरमै प्रेम बन्धनमा गासिएका प्राय पुरुषहरुको प्रेम कहानी, बिवाहको केही बर्शमै भएका प्राय डिभोर्सका कहानी, प्राय आर्थिक कुरा सङ्है गासिएको हुन्छ। मानिसका सोचाइमा खुसी ठूलो कुरा हो भ्न्ने भान भएपनी आर्थिक पाटो मज्बुत नभएको परिवारमा झै झगडा र साना साना कुरामा मनमुटाव भैरहेकै हुन्छ। हाम्रो समाजमा छोरी मान्छे भन्ने बित्तिकै चुला र चौका सम्झिने अनि छोरा मान्छे कमाउने तिर भन्ने सोच्ले पनि निकै ठूलो प्रभाव पारेको छ। आफ्ना श्रिङ्गार देखि लगाउने लता कपडा सम्ममा श्रीमानमा निर्भर भएका स्त्रीहरुले कमाउन गएका पुरुष हरुमा बिलासिता र एस आरामको आवश्यकता राख्नु अनि पूरा नभएमा सम्बन्ध बिछेदसम्म गर्ने र बिलासिताकै लागि परपुरुष सँग लाग्नु पनि एक प्रकारको मानसिक हिंसा नै हो।

पुरुषमाथी राखिएका मापदण्ड, तत्कालिन अवस्थामा बिवाह गर्नकै लागि भएपनि अमेरिका अस्ट्रेलिया पुगेर ९पि।आर० पाएको हुनुपर्ने , आर्थिक रुपमा मज्बुत नभएमा पुरुष बाटै हासोको पात्र बनिनु पर्ने, दैनिक र मासिक आम्दानिकै आधारमा अझ भनुम, साधारण जीवन बिताएमै पनि समाजले गर्ने ब्यवहारमा फरक हुने , खुलेर दुखमा रुदा समाजले नै छोरा मान्छे भएर रुन्छन भनी गिज्याउने, कोही पुरुषलाई श्रिङ्गार गर्ने इच्छा हुँदाहुँदै पनि उ श्रिङ्गार गरेर हिडेमा ट्रान्स्जेन्डर भनेर उपनाम दिने, श्रीमतिले भनेको कुरा मानेको खन्डमा जोइटिङ्रेको उपनाम दिने, झै–झगडा देखेर भागेमा डरपोकको उपनाम दिने बच्चा उमेरदेखि नै पारिवर पाल्नुपर्ने जिम्मेवारी को बोध गराउने , यस्ता कुराले पनि समाजमा पुरुष प्रति मानसिक हिंसा भैरहेका हुन्छन । कमाउनकै लागि श्रीमतिलाई घरमा छाडेर बाहिर गएका पुरुषहरुका प्राय श्रीमति कमाएको धन सम्पती लिएर परपुरुषसँग जाने । प्राय परिवारमा एक्लै बस्न रुचाउने अर्थात सासू ससुरा प्रति रिस रागको बिचार राख्ने महिला बुहारीले गर्दा प्राय पुरुषहरू बुवा आमादेखि अलगिएर बस्नु पर्ने र कुनै अवस्थामा बुवा आमालार्इ वृद्ध आश्रममा सम्म लगेर राख्नु पर्ने विवसता हुने गरेका छन ।

जसले गर्दा पत्नी सँगको सम्बन्ध बचाउने निउमा पत्नीबाटै सम्बन्धको नाममा अत्याचारको सिकार बनेका पुरुषहरु प्रसस्त मात्रामा हिंसाका सिकार भएका छन् ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक