समाज स्थानीय खबर

भद्रपुरबाट ब्राउनसुगरसहित तीन जना पक्राउ

भद्रपुर, २० चैत । झापाको भद्रपुर नगरपालिका–४ स्थित डाँगीबारीबाट बिहीबार राति प्रहरीले ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–६ कय ४० बर्षीय लोकेन श्रेष्ठ, भद्रपुर–१० का ३६ वर्षीय विनोद राजवंशी र सोही स्थानका २४ वर्षीय गोबिन्द राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट ब्राउनसुगर ९ ग्राम ११० मिलिग्राम र डिजिटल तराजु बरामद गरेको थियो । पक्राउ परेका उपर थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक