समाज स्थानीय खबर

कचनकवलबाट ब्राउनसुगरसहित एक पक्राउ

झापा, २२ चैत । लागुऔषध खैरो हिरोइन ब्राउनसुगर सहित झापा कचनकवलबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा कचनकबल–२ का २८ वर्षीय संजय लामा रहेका छन् । उनलाई विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आज दिउसो पौने २ बजे कचनकबल-२ सुकुनाडिकी स्थित एरियाबाट २५ ग्राम ५० मिलिग्राम खैरो हिरोईन ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

लामाको साथबाट ब्राउनसुगर तौलीने तराजु समेत बरामद गरिएको छ । पक्राउ परेका लामा उपर जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक