समाज स्वास्थ्य

भारतमा कोरोना संक्रमण तीव्रः नेपालका मुख्य नाकामै लापरबाही

झापा, २२ चैत । भारतमा कोरोना संक्रमण तीव्र भइरहेका बेला सीमामा कडाइ गर्नुपर्नेमा मुख्य नाकामै लापरबाही पाइएको छ ।

मुलुकका अधिकांश जिल्लाबाट भार त आउजाउ हुने रूपन्देहीको बेलहिया–सुनौली नाकामा स्वास्थ्य मापदण्ड पालना निकै कमजोर छ । यहाँका हेल्थडेस्क औपचारिकताका लागि मात्र राखिएको आभास हुन्छ । भारतबाट आउनेमध्ये केही यात्रुको ज्वरो मापन र विवरण लिने गरिएपनि अधिकांश यात्रु परीक्षण र विवरणबिनैआउने गरेका छन् ।

भारतबाट आउनेमध्ये ७० प्रतिशतभन्दा धेरैयात्रु परीक्षण नगरी भित्रिने गरेको स्थलगत निरीक्षणबाट देखिन्छ । आवागमन संख्याको तुलनामा स्वास्थ्यकर्मी र उपकरण अत्यन्त न्यून छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक