अर्थ समाज स्थानीय खबर

बिर्तामोडको वर्ल्ड ईलेक्ट्रोनिक्समा दाहुवा कम्पनीको सीसी क्यामेरा

बिर्तामोड, २५ चैत । दाहुवा सीसी क्यामेराको आधिकारिक विक्रेता वर्ल्ड इलेक्ट्रोनिक्समा चिनियाँहरु आगमन गरेर पूर्वी नेपालमा प्रविधिको स्तर, प्रयोग र संभावनाको चर्चा गरेका छन् ।

सीसी क्यामेराको उत्पादन र बिक्री गर्ने अगुवा कम्पनी दाहुवाले विश्‍वभरिमै आफ्नो पहुँच विस्तार गरेको र नेपालमा पनि यसको लोकप्रियता बढ्दै जानेमा विश्वस्त भएको दक्षिण एसियाका जेनेरल म्यानेजर अल्भिन लिउले बताउनुभयो ।

सिसि क्यामेरा अहिलेको आधुनिक समयमा घर, पसल, अफिस, सडक, सपिन कम्प्लेक्स हरेक ठाउँमा आवश्यक हुँदै गएको कम्पनीका कन्ट्री सेल्स मेनेजर माओ सान्काईले बताउनुभयो ।

चिनियाँ टोलिसँगै आउनुभएका सेल्स ईन्जिनियर अजयराज आर्याल भन्नुहुन्छ, ‘दाहुवा सिसि क्यामेराको जगतमा अग्रणि त छदैछ, यसबाहेक पनि यसले मनिटर, हार्डडिक्स, एसडिडि, नेटवर्किन केवल पनि आफैँले उत्पादन गर्दै आएको छ ।’

वर्ल्ड ईलेक्ट्रोनिक्सका सञ्चालक प्रकाश गौतमले दाहुवा कम्पनीको सिसि क्यामेरा अरु भन्दा सस्तो, प्रयोग र जडान गर्न सजिलो र भरपर्दो भएको बताउनुभयो । सिसि क्यामेरा बाहेक गौतम लामो समयदेखि कम्प्युटरका पार्ट्सहरु, ल्यापटप, मोबाइल तथा अन्य इलेक्ट्रोनिक्सका सामानहरुको बिक्री तथा सर्भिसनको काम गर्दै आउनु भएको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक