झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २३ असोज । कन्काई माई नदीमा बाढीले झापाको शिवसताक्षी नगरपालिकामा करिब रू एक करोड २० लाख रुपैयाँ बढीको क्षति भएको छ । नगर क्षेत्रमा बाढीका कारण भएको डुबान र कटानबाट करिब रू एक करोड २० लाखभन्दा बढीको क्षति भएको नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिनुभयो । बाढीले नगर क्षेत्रमा दुई सय २० घरमा क्षति पु¥याएको उहाँले बताउनुभयो । शिवसताक्षीको वडा नं. ४ विश्वडुब्बामा चार घर, वडा न. ५ भेलामुनीमा ४५ घर, वडा न. ६ शिवगञ्जमा ३१ घर र वडा नं. ७ लालपानीमा १४३ घर बाढील डुबानमा परेको नगरपालिकाले जनाएको छ । शिवसताक्षी–१० स्थित पर्यटकीयस्थल दोमुखामा मात्रै करिब रू ३१ लाख…

Read More

झापा, २३ असोज । सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भूभागमा मनसुनी वायु र स्थानीय वायुको कमजोर प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधरणतया बदली रहेको छ । बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको थोरै स्थानहरूमा, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही…

Read More

नुवाकोट, २२ असोज । घरायसी विवाद बढेपछि नुवाकोटको शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङले ४९ वर्षीया श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार मङ्गलबार साँझ निजले खुकुरी हानेर श्रीमती सविनाको हत्या गरेका हुन् । सविनाको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाबारे जानकारी प्राप्त हुनासाथ अभियुक्त तामाङलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको छ । अभियुक्तले आवेशमा श्रीमतीको हत्या स्वीकार गरेका छन् ।

Read More

सिरहा, २२ असोज । विश्वकर्मा पूजाका क्रममा भएको विवादले सिरहाको कल्याणपुर नगरपालिका–८ स्थित अरङ गाउँको दलित बस्तीमा तोडफोड र लुटपाटको घटना भएको छ। असोज १ गते गाउँमा आयोजित आर्केस्ट्रा कार्यक्रममा नाचगानका क्रममा उत्पन्न विवादले हिंसात्मक रूप लिँदा पाँच दलित परिवार समस्यामा परेका हुन्। पीडितहरूका अनुसार, मदिरा सेवनपछि केही दलित युवा र स्थानीय प्रभाष सिंह राजपुतबीच भनाभन भएको थियो। विवाद सुल्झिन नसक्दा दलित परिवारलाई बस्तीबाट उठाइदिने धम्कीसमेत दिइएको थियो। सुरक्षा माग गर्दै उनीहरू इलाका प्रहरी कार्यालय, कल्याणपुर पुगेका थिए। प्रहरीले विवाद समाधानका लागि असोज १२ गते छलफल तय गरे पनि सो दिन छलफल हुन नसकेपछि अर्को छलफल असोज २१ मा तय…

Read More

झापा, २२ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा कायम भएको छ । साथै युरोपियन युरो एकको खरिदर १६५ रुपैयाँ २५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिदर १९० रुपैयाँ र बिक्रीदर १९० रुपैयाँ ८१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ७७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिदर ९३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ७७, क्यानेडियन…

Read More

झापा, २२ असोज । समाजसेवा, शिक्षा, साहित्य, पत्रकारिता तथा सांस्कृतिक सृजनशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले नयाँ नेतृत्व चयन गरेको छ। प्रतिष्ठानको १४औं वार्षिक साधारण सभा तथा पाँचौं राष्ट्रिय महाधिवेशन झापाको बिर्तामोडमा सम्पन्न भएको हो। महाधिवेशनले आगामी तीन वर्षका लागि गंगाप्रसाद ओलीलाई पुनः केन्द्रीय अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको छ। ओली यसअघि पनि संस्थाको नेतृत्व गरिसकेका छन्। नयाँ कार्यसमितिमा उपाध्यक्षमा ऋतुराज भण्डारी, महासचिवमा तुलसीराम ओली, कोषाध्यक्षमा यज्ञराज ओली (गोपाल) र सचिवमा नारायण प्रसाद ओली निर्विरोध रूपमा चयन भएका छन्। सदस्यहरूमा उमेशचन्द्र ओली, हिरालाल आचार्य, लक्ष्मी आचार्य ओली, रेखा ओली उप्रेती, नरदमणि न्यौपाने र नरप्रसाद ओली (नवीन)…

Read More

झापा, २२ असोज । झापामा बाढीपीडितलाई आफूखुसी राहत वितरण गर्न रोक लगाइएको छ । जिल्ला बिपद व्यवस्थापन समिति झापाको मंगलबार जिल्ला प्रशासन कार्यालयको सभा हलमा बसेको बैठकले सो निर्णय गर्दै राहत वितरणको नेतृत्वका जिम्मा स्थानीय तहलाई दिने निर्णय गरेको हो । जिल्ला बिपद व्यवस्थापन समिति झापाका संयोजक प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकमा संघीय सांसद लालबहादुर साँवा लिम्बू, कोशी प्रदेश सरकारका राज्यमन्त्री भूमिप्रसाद राजवंशी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विभिन्न संघ–संस्थाका प्रतिनिधि लगायतको उपस्थिति थियो । बैठकले स्थानीय तहको नेतृत्वमा एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरेको प्रजिअ अधिकारीले जानकारी दिनुभयो । स्थानीय तहबाट मात्र राहत वितरण सम्भव नहुने…

Read More

झापा, २२ असोज । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायूको प्रभाव तथा बाँकी भूभागमा मनसुनी वायू तथा स्थानीय वायूको कमजोर प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागले आज बिहान ६ बजे जारी गरेको बुलेटिन अनुसार आज दिउँसो कोशी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । यस्तै, आज राति कोशी प्रदेश…

Read More

सङ्खुवासभा, २१ असोज । सङ्खुवासभामा यो वर्ष अलैँचीको मूल्य घटेको छ । गत वर्ष यही समयमा प्रतिमन ९४० किलो० रु ९० हजारमा मूल्य रहेकामा यसपटक भने रु ८० हजारमा कारोबार भइरहेको छ । एक दशक अघिदेखि ओरालो लागेको अलैँचीको मूल्य गत वर्ष सुधार भए पनि यस वर्ष फेरि मूल्य घटेको छ । कालो सुनको रूपमा चिनिँदै आएको अलैँचीको मूल्य प्रतिमन रु ८० हजारमा कारोबार भइरहेको अलैँची व्यवसायी महासङ्घ सङ्खुवासभाका अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष प्रतिमन रु एक लाख १० हजारसम्म कारोबार भएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग घटेपछि मूल्य पनि घटेको…

Read More

झापा, २१ असोज । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धिभएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा आज एक तोला सुन दुई हजार ३०० ले महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार रु. दुई लाख ३३ हजार १०० मा कारोबार भएको एक तोला सुनको मोल आज रु। दुई हजार ३०० ले बढेर रु. दुई लाख ३५ हजार ४०० कायम भएको छ । चाँदीको मूल्य भने स्थिर छ । सोमबार एक तोला चाँदी रु. दुई हजार ९६० मा खरिदबिक्री भएको थियो । गत आइतबार एक तोला सुन रु। दुई लाख ३० हजार ६०० मा किनबेच भएको…

Read More