
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
इलाम, २० असोज । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण इलाममा ३७ जनाको मृत्यु भएको छ। विभिन्न स्थानीय तहमा ठूलो जनधनको क्षति भएको छ भने यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा ५ जना, इलाम नगरपालिका–६ घोसमा ६ जना, देउमाई नगरपालिकामा ८ जना, माइजोगमाई गाउँपालिकामा ८ जना, सन्दकपुर गाउँपालिकामा ७ जना, माङ्सेबुङ गाउँपालिकामा ३ जना र फाकफोकथुम गाउँपालिकामा १ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बाढी–पहिरोका कारण इलाम, पाँचथर र ताप्लेजुङ जोड्ने मेची राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। इलामको राजदुवालीमाथिको सडकमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको हो। प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार राजमार्गका…
झापा, २० असोज । कोशी प्रदेशमा मनसुनजन्य बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ। प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म ४३ जनाले ज्यान गुमाएका छन् भने दशौं हजार मानिस विस्थापित भएका छन्। विपद्बाट सबैभन्दा बढी क्षति इलाममा भएको छ, जहाँ ३७ जनाको मृत्यु भएको छ। पाँचथर, मोरङ र उदयपुरमा २–२ जना तथा खोटाङमा ३ जनाको मृत्यु भएको छ। इलाममा एक जना अझै बेपत्ता रहेको प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार हालसम्म ५ हजार ९२५ घरका २६ हजार ९८४ जना विस्थापित भएका छन्। विपद्मा फसेका ५३२ जनाको उद्धार गरिएको छ। विवरणअनुसार १६ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त…
झापामा बाढीको वितण्डा : २ जनाको मृत्यु, ५ हजार बढी घर डुबानमा झापा, २० असोज । झापामा बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ । कनकाई नगरपालिका वडा नं. ४ कोटीहोममा माइ खोलाको बीच भागको डिलमा घोप्टो परेको अवस्थामा एक शव फेला परेको छ । उक्त शवको पहिचान हुन सकेको छैन । शनिवार बाह्रदशी गाँउपालिका वडा नं. ४ मुन्सी कामत टोलका ६२ बर्षिय मंगलसिं मुर्मुको खोलाले बगाउदा मृत्यु भएको छ । खोला तर्ने क्रममा मुर्मु चिप्लिएर लडेको प्रहरीले जनाएको छ । यसैबीच, अविरल वर्षाका कारण झापाका खोलाहरूमा आएका बाढीका कारण ५ हजारभन्दा बढी घरधुरी डुबानमा परेको र २५ हजारभन्दा बढी…
झापा, २० असोज । बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दशैँ पर्व समापन हुन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको पनि आजै गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुने शास्त्रीय विधान छ । अखिल बलिपूर्ति गरेपछि आजै साँझ जमरालाई नजिकको नदी, तलाउ, पोखरी…
झापा, २० असोज । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ । यसैगरी कोशी, बागमती, लुिम्बनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराई भू भागका स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । आज राती कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली रहने महाशाखाल जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका भू–भागका थोरै स्थानहरूमा मेघगर्जन /चट्याङ सहित मध्यम वर्षाको…
झापा, १९ असोज । आइतबार बिहान ८:१५ बजे गरिएको मापनअनुसार कोसी ब्यारेज भएर ३ लाख ३५ हजार ३६० क्युसेक प्रतिघण्टा पानी बगिरहेको छ। यो बहाव असाध्यै खतराको संकेत भएको सुरक्षा अधिकारीहरूले जनाएका छन्। पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ मध्ये ५० वटा ढोका खोलिएको छ। सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेका अनुसार, हालसम्म ब्यारेजको पुलमा सवारी आवागमन रोकिएको छैन। तर, पानीको बहाव अझै बढ्ने सम्भावना रहेकाले पुलमा आवत–जावत रोक्नु पर्ने अवस्था आउन सक्ने उनले बताएका छन्। सप्तकोसी नदीमा बाढीले सतर्कता तह पार गरेकाले आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले पनि सप्तकोसी नदीको बहाव…
झापा, १९ असोज । बाढीले क्षति पुर्याएपछि झापाको झापा गाउँपालिका–२ स्थित हुलाकी राजमार्ग अवरुद्ध भएको छ । यहाँका २०० घर डुबानमा परेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, १९ असोज । देशभर जारी अविरल वर्षाका कारण प्रमुख आठ नदीले खतराको तह पार गरेका छन् भने अन्य १२ नदी सतर्कताको तहमाथि पुगेका छन्। जल तथा मौसम विज्ञान विभागको आज बिहानसम्मको अद्यावधिक विवरणअनुसार बागमती, सुनकोशी, अरुण, तमोर, कन्काई, बूढीखोला (सुनसरी), बिरिङ खोला (झापा) लगायतका बाढी मापन केन्द्रमा जलसतह खतराको तह नाघेको छ। बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीका अनुसार अन्य १२ नदी केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि रहेको छ। कोशी प्रदेशमा जलसतह बढ्दो क्रममा छ भने बागमती र मधेस प्रदेशका केही क्षेत्रमा स्थिर र केहीमा घट्दो प्रवृत्ति देखिएको छ। कोशी, मधेस र बागमती प्रदेशका अन्य नदी तथा नालामा पनि…
इलाम, १९ असोज । इलाम नगरपालिका–६, घोसस्थित नवबद्ध आदर्श टोलमा आइतबार बिहान गएको पहिरोले एकै परिवारका ६ जनाको ज्यान गएको छ। अत्यधिक वर्षाका कारण डम्बर तामाङको घर पुरिँदा ठूलो जनधनको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। मृतकहरूमा ४० वर्षीय अनु तामाङ, २१ वर्षीय प्रशान्त तामाङ, २१ वर्षीय बिराज तामाङ, १२ वर्षीय समीर राई, ७–८ वर्षीया प्रिन्सिका मगर र करिब ३–४ वर्षका एक बालक रहेका छन्। इलाम नगरपालिका–६ का वडा अध्यक्ष मदन श्रेष्ठका अनुसार, मृतक बालकलाई उद्धार गरी अस्पताल लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको हो। घटनामा चार जना घाइते भएका छन्। दसैँको अवसरमा पाहुना लाग्न आएका ६–७…
झापा, १९ असोज । शुक्रबार रातिदेखि परेको भारी वर्षाका कारण देशभर जनजीवन प्रभावित बनेको छ। अविरल वर्षा र त्यसबाट आएको बाढी तथा पहिरोले दर्जनौं सडकखण्ड अवरुद्ध भएका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपत्यका र बाहिर जाने विभिन्न सडक अवरुद्ध भएकाले, उपत्यकाबाट बाहिरिने सवारी चालक तथा यात्रुलाई मौसम अनुकूल नभएसम्म उपत्यकामा नै रहन अनुरोध गरिएको छ। अवरुद्ध मुख्य सडकखण्डहरू:भक्तपुर–सूर्यविनायक नगरपालिका ९ साँगा झोलुङ्गे पुल नजिक।काठमाडौँ–सीतापाइला–धार्के सडक, नागार्जुन नगरपालिका ८।ललितपुर–कान्तिलोकपथ, बागमती गाउँपालिका ३, टाकुचे र टिकाभैरव।धादिङ–पृथ्वी राजमार्ग, बेनीघाट गाउँपालिका ९ लोलाङ।चितवन–नारायणगढ-मुग्लिन, इच्छाकामना गाउँपालिका ५, तुइन खोला पुल।मकवानपुर–इन्द्रसरोवर गाउँपालिका ३, सिस्नेरी बजार र हुमाने-फाखेल सडक।काभ्रेपलाञ्चोक–वि.पी. राजमार्ग, रोशी गाउँपालिका ११ माम्तीखोला र…