
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २९ भदौ । एशिया कप टी–२० क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दैछन् । खेल दुबईमा नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुनेछ । समूह ‘ए’ मा समान दुई अङ्क भए पनि नेटरनरेटको आधारमा भारत शीर्ष र पाकिस्तान दोस्रो स्थानमा छ । भारत र पाकिस्तानबीच आन्तरीक राजनीतिको कारण पछिल्लो एक दशकदेखि आईसीसी र एसीसीको प्रतियोगितामा मात्रै प्रतिस्पर्धा गर्दै आएका छन् । केही महिना अघि जम्मु कश्मिरको पहलगाममा भएको आक्रमणपछि भारतले र पाकिस्तानबीच सम्बन्ध थप बिग्रिएको छ । एशिया कपमा आठ वटा टोली सहभागी छन् । प्रतियोगिताको समूह ‘ए’ मा भारत, यूएई, पाकिस्तान र ओमान तथा समूह ‘बी’ मा अफगानिस्तान,…
बहुप्रतिक्षित फिल्म ‘जारी २’ को प्रदर्शन मिति स्थगित गरिएको छ। आउँदो असोज ३ गतेको रिलिज हुने भएको यो फिल्म अब तोकिएको मितिमा रिलिज नहुने भएको हो। जेनजी आन्दोलनले पारेको प्रभावका कारण फिल्मको रिलिज मिति सारिएको निर्माणटिमले जनाएको छ। निर्माण कम्पनी बाँसुरी फिल्मस्ले विज्ञप्ति निकाल्दै जेन(जी आन्दोलन र त्यसपछि सिर्जित असहज परिस्थितिलाई मध्यनजर गर्दै सबैखाले मनोरञ्जनात्मक गतिविधिहरू अनिश्चितकालका लागि स्थगित गरिएको उल्लेख गरेको छ। फिल्मको ट्रेलर रिलिज पनि अन्तिम समयमा रोकेको थियो। निर्देशक तथा लेखक उपेन्द्र सुब्बा निर्देशित यो फिल्म हिट फिल्म ‘जारी’ को सिक्वेल हो। यस फिल्ममा दयाहाङ राई, मिरुना मगर र विजय बराल मुख्य भूमिकामा छन्। जेनजी आन्दोलनका कारण…
चितवन, २९ भदौ । कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा आएका छन् । गत बिहीबार सबै कैदीबन्दीको परिवार तथा आफन्तलाई सम्पर्क गरिएको थियो । सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन् । कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार अहिलेसम्म २३५ जना कैदीबन्दी कारागार फर्किएका छन् । उहाँले भन्नुभयो, “बुधबार बिहान ७४० जना कैदी कारागारबाट फरार भएका थिए ।” कारागारमा रहेका ४६ महिला कैदीबन्दीमध्ये २७ जना आइसकेका छन् । कारागार कार्यालयमा कैद भुक्तान गर्दै आएका तथा बन्दी जीवन बिताएकामध्ये चार जना भैरहवा कारागारमा र एक जना दमौली कारागारको सम्पर्कमा आएको उहाँले बताउनुभयो । यस्तै अन्य कारागारका १४ कैदीबन्दी यस…
झापा, २९ भदौ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ। अहिले सम्म ५९ जना प्रदर्शनकारी, १० जना कैदी बन्दी र ३ जना सुरक्षाकर्मी गरी ७२ जनाको मृत्यु भएको मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिनु भयो । घटनामा १ हजार भन्दा बढी घाइते भएकोमा १३३ जना प्रदर्शनकारी र ५७ सुरक्षाकर्मी घाइतेको उपचार जारी रहेको छ।
झापा, २९ भदौ । दसैँको अवसरमा नयाँ नोट खोज्ने नागरिकलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले सुकिला नोट वितरण सुरु गरेको छ। राष्ट्र बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट सटहीको व्यवस्था मिलाएको हो। राजनीतिक संक्रमणका कारण वितरणमा अन्योल देखिए पनि राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले बैंक तथा वित्तीय संस्थाहरूको भौतिक संरचना सुरक्षित रहेकाले तोकिएको मितिमा नै वितरण सुरु गरिएको जानकारी दिए। “हामीले नयाँ कुनै निर्णय गरेका छैनौँ, सहज रूपमै वितरण गर्न सकिन्छ भन्ने लाग्छ,” उनले भने। साना दरका नोट सटहीका लागि राष्ट्र बैंकको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग तथा प्रदेश कार्यालयहरू — विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र…
झापा, २९ भदौ । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरूलाई शहीद घोषणा गरेको छ । साथै, घाइतेहरूको निःशुल्क उपचार र मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरिएको छ । यो जानकारी मुख्यसचिव एकनारायण अर्यालले दिएका हुन् । मुख्यसचिव अर्यालका अनुसार नयाँ सरकारका लागि सेवा प्रवाह चुनौतीपूर्ण बनेको छ । आन्दोलनका क्रममा धेरैजसो सरकारी कार्यालयहरू ड्यामेज भएका छन्, जसमा मन्त्रालय, अदालत, सिडिओ कार्यालयहरूसमेत तोडफोड र आगजनीको शिकार भएका छन् । उनले बाँकी रहेका कार्यालयहरूबाट सेवा प्रवाह गर्न कार्ययोजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । साथै, सुरक्षा व्यवस्था सुदृढ गर्दै कर्मचारीको मनोबल उच्च राखेर काम गर्नुपर्ने वर्तमान आवश्यकता…
झापा, २९ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सिंहदरबारमा पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेकी छन्। उनको आगमनमा सरकारी कर्मचारीहरूले स्वागत गरेका थिए। जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै आन्दोलनको म्यान्डेटअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। कार्की मुलुकको ४२ औँ प्रधानमन्त्री बनेकी हुन्। पदभार ग्रहणअघि प्रधानमन्त्री कार्कीले लैनचौरस्थित शहीद स्मारकमा श्रद्धाञ्जली अर्पण गरेकी थिइन्। जेनजी आन्दोलनका क्रममा देशभर ५१ जनाको निधन भएको पुष्टि गरिएको छ।
झापा, २९ भदौ । जेनजी आन्दोलनका कारण बन्द रहेका जिल्लाका सरकारी कार्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले आगजनीमा परेका पालिका र वडा कार्यालयबाहेक अन्य सरकारी कार्यालय सञ्चालनमा आउने बताए । “आन्दोलनका क्रममा जलेर ध्वस्त भएका नगरपालिका, गाउँपालिका र वडा कार्यालय सञ्चालनमा आउन तत्काल सम्भव छैन”, उनले भने, “बाँकी कार्यालय खोलेर आजैदेखि सेवा सञ्चालन हुन्छ ।” यही भदौ २३ गते जेनजी आन्दोलन सुरु भएयता जिल्लाको जनजीवन तनावग्रस्त थियो । जिल्लाको स्थिति सामान्य अवस्थामा फर्किएको प्रजिअ अधिकारीले बताए । जिल्लामा आज बिहानैदेखि सार्वजनिक तथा निजी यातायातका साधन निर्वाध रूपमा सञ्चालनमा आएका छन् । राजधानी, पोखरा, महेन्द्रनगर,…
झापा, २९ भदौ । काठमाडौँ महानगरपालिका–७ बौद्ध स्थित भाटभटेनी सुपर स्टोरमा छ वटा शव भेटिएको छ । पूर्ण रूपमा जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।
झापा, २९ भदौ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका थप चार जनाको मृत्यु भएसँगै मृतकको संख्या ५५ पुगेको छ । नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेका अनुसार आन्दोलनमा जेनजी युवा, प्रहरी, कैदीबन्दी र सर्वसाधारण गरी कुल ५५ जनाको ज्यान गएको हो । मृतकहरूमाजेनजीतर्फ २१ जनाकैदीबन्दी ९ जनानेपाल प्रहरी सहायक निरीक्षकसहित ३ जनाआगलागी वा करेन्ट लागेर १८ जनाभारतीय नागरिक १ जना प्रहरीले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतक संख्या अझै बढ्न सक्ने अनुमान गरेको छ ।