झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

शिवसताक्षी, १८ भदौ । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ ज्येष्ठ नागरिक वडा समितिले १४ औं  वार्षिक साधारण सभा सम्पन्न गरेको  छ । आज शिवसताक्षीको वडा नं. ६ शिवगञ्ज स्थित ज्येष्ठ नागरिक भवनमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।  साधारण सभाको अवसर पारेर ज्येष्ठ नागरिकले अध्यक्षकोषमा सहयोग गर्ने ज्येष्ठ नागरिक सदस्य तथा पूर्व शिक्षक बलबहादुर राईलाई सम्मान गरिएको छ । बल बहादुर राईकी छोरी संगीता राईले अक्षयको लागि नगद २५ हजार सहयोग प्रदान गरेकी थिइन् । छोरी संगीता विदेशमा रहेकाले उहाँका पितालाई सम्मान गरिएको ज्येष्ठ नागरिक वडा समितिले जनाएको छ । त्यस्तै साधारण सभाकै अवसर पारेर वडाका ८५ वर्ष…

Read More

यी लक्षण देखिएमा सुन्ने क्षमता (श्रवण शक्ति) कम हुनसक्छ – १. अरुको कुरा नबुझेर बारम्बार कुरा दोहोराउन अनुरोध गर्नु२. टेलिफोनमा कुरा गर्न गाह्रो हुनु३. चराचुरुङ्गीको आवाज नसुन्नु४. कान कराउनु५. बोलेको सुन्नु तर नबुझ्नु६. अरुसंग कुरा गर्दा ठूलो स्वरले कुरा गर्नु७. धेरै हल्ला भएको ठाँउमा कुरा गर्न गाह्रो हुनु८. रेडियो सुन्दा, टेलिभिजन हेर्दा चर्को आवाज बनाउनु श्रवण शक्ति कम हुन नदिने उपायहरु – १. चर्को ध्वनि भएको क्षेत्रमा काम गर्दा कपास (इयर प्लग)को प्रयोग गरौँ ।२. मोवाइल फोन धेरै र लामो समयसम्म प्रयोग नगरौँ ।३. हेडफोनबाट गीत सुन्दा चर्को आवाजमा नसुनौं ।४. जथाभावी सवारी साधनको हर्न नबजाऔँ ।५. ठूलो आवाज भएको…

Read More

मिस होस्टल नेपाल–२०२५ को उपाधि यहाना श्रेष्ठले प्राप्त गरेकी छन्। काराओके इन्टरटेन्मेन्ट प्रालिले होस्टल व्यवसायी सङ्घको सहकार्यमा गत साउन २५ गतेदेखि आजसम्म सञ्चालन गरेको उक्त प्रतियोगितामा प्लाटिनम गल्र्स होस्टल डिल्लीबजारकी छात्रा यहाना श्रेष्ठ प्रथम भएकी हुन् । यसैगरी दोस्रोमा सेन्ट्रल गल्र्स होल्टल पुतलीसडककी छात्रा वन्दना खरेल र तेस्रोमा श्रीया गल्र्स होस्टल बुद्धनगरकी छात्रा स्वर्णिमा सापकोटा भए। प्रथम, द्धितीय र तृतीय हुने छात्राहरुलाई क्रमशः रु एक लाख, रु ५० हजार र रु २५ हजार नगदसहित ताज, गिफ्ट ह्याम्पर तथा होस्टलबाट छात्रावृत्तिसमेत प्रदान गरिएको छ । प्रथम हुने श्रेष्ठलाई एभरेष्ट अस्पताल नयाँबानेश्वरले सद्भावना दूत नियुक्त गरेको छ । यस्तै मिस कोशी सुहाना…

Read More

मोरङ, १८ भदौ । मोरङमा सशस्त्र प्रहरी हवल्दार नै लागूऔषधसहित पक्राउ परेका छन् । गएराति ८ बजे मोरङको रतुवामाई नगरपालिका १ चुनीमारीस्थित सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हे.क्वा. कंकालीनी मोरङ दरबन्दी भई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बरडंगा मोरङमा कार्यरत पर्सा बिरगंज ७ रानीघाट बस्ने ३४ वर्षीय सशस्त्र प्रहरी हवल्दार मनिस गिरी लागूऔषधसहित पक्राउ परेका हुन् । उनी सुत्ने ओछ्यानको सिरानीमुनि खुकुरी चुरोटको बट्टाभित्र कालो रंगको प्लाष्टिकमा लुकाई छिपाई राखेको अबस्थामा प्लाष्टिकसहित ४८० मिलिग्राम ब्राउनसुगर फेला परेको हो । उनलाई लागूऔषधसहित नियन्त्रणमा लिई आबश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय सिजुवामा राखिएको छ ।

Read More

चन्द्रकला भण्डारीझापा, १८ भदौ । मेचीनगर नगरपालिका–१५ का तीन गाउँ ग्वालबस्ती, झाडुबस्ती र सिसौडाँगी मेची नदीभन्दा पारिको भू–भागमा छन् । राज्यको उपेक्षामा परेका यी गाउँलाई ‘मेची पारिको नेपाल’ भन्ने गरिन्छ । यहाँका लगभग डेढ सय बासिन्दा दिनदिनै उपभोग्य वस्तु किन्न भारतीय बजार धाउँछन् । बिरामी पर्दा उपचारका लागि मात्र होइन, कक्षा तीनदेखि माथिल्लो तहको शिक्षाका लागि बालबालिका समेत भारत नै धाउनुपर्ने यहाँको बाध्यता छ । आदिवासी समुदायका राजवंशी, सन्थाल, यादवलगायतको बसोवास रहेका यी तीन गाउँका नेपालीको जीविकाको मुख्य स्रोत खेतीपाती र पशुपालन हो । गाउँमा पढेलेखेका खासै मानिस छैनन् । नदीले भूगोल अलग्याएर मेची पारि पुर्‍याएपछि यहाँ राज्यको उपस्थितिको नाममा…

Read More

झापा, १८ भदौ । सुनको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउ आज तोलामा दुई हजार रुपैयाँले बढेर दुई लाख सात हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख पाँच हजार नौ सय रुपैयाँ थियो भने अस्ति तोलाको दुई लाख पाँच हजार तीन सय रुपैयाँ थियो । चाँदीको भाउ भने आज घटेको छ । चाँदी आज तोलामा पाँच रुपैयाँले घटेर तोलाको दुई हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Read More

भोजपुर, १८ भदौ । भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा प्राकृतिक रुपमा आफै उम्रिएका लागू औषध गाँजाको ८ हजार बोट तथा बेर्नाहरु प्रहरीले फडानी गरी नष्ट गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरगत डाँडा पाखामा अबैध रुपमा लगाएका तथा आफै उम्रेका गाँजाका बोटहरु नष्ट गर्ने अभियानको क्रममा यो साता भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटार, इलाका प्रहरी कार्यालय बोयाङ, प्रहरी चौकी हसनपुर र अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकाको विभिन्न वडा एरियाका करिव ४३ रोपनी क्षेत्रफलमा आफै उम्रिएका ४ हजार २ सय वटा गाँजाको बोट र ३ हजार ८ सय गाँजाको बेर्ना…

Read More

झापा, १८ भदौ । भाषा आयोगले सवारी साधनमा जडान हुने विद्युतीय सङ्केत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामा नै हुनुपर्नेमा जोड दिएको छ । सरकारी कामकाजको भाषा नेपाली भाषा नै हुने व्यवस्था नेपालको संविधानको धारा ७ को उपधारा १ मा रहेको स्पष्ट पार्दै आयोगले सवारी साधनको नम्बर प्लेट अग्रेजी भाषामा हुने व्यवस्थाप्रति आपत्ति जनाएको । संविधानले नचिनेको भाषा र लिपीमा नभई नेपाली भाषामा नै इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको फैसलाको समेत आयोगले जानकारी गराएको छ । सर्वोच्च अदालतले २०८१ असार ९ मा गरेको नेपाली भाषाको वर्णविन्याससम्बन्धी फैसलामा नेपालको संविधानको धारा ७ को उपधारा ३ ले भाषासम्बन्धी अन्य…

Read More

झापा, १८ भदौ । सिन्धुपाल्चोकको तारामराङ आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । मङ्गलबार राति ११ बजेर २३ मिनेटमा चार म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका जिल्लाहरुमासमेत अनुभव गरिएको थियो । मङ्गलबार बिहान ६ः१५ मा पनि गोरखाको अजिकोट–३ हंशपुरलाई केन्द्रबिन्दु बनाएर चार म्याग्निच्यूडको भूकम्प गएको थियो भने दिउँसो ३ः१३ बजे दोलखाको लापिलाङ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर चार दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

Read More

झापा, १८ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ । लुम्बिनी प्रदेशलगायत पहाडी भूभाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने हुनेछ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, तराई र वाग्मती प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले वर्षाका पहिरो तथा…

Read More